शनिबार, आश्विन १७ गते २०८३

ठकुरापुर वन रेन्जर गणेश पुरीको निर्देशनमा काष्ठ तस्करी

श्रावण ३०, २०७९ सोमबार
ठकुरापुर वन रेन्जर गणेश पुरीको निर्देशनमा काष्ठ तस्करी

कपिलवस्तु ।शहबाज खाँन

वनको संरक्षणको दायित्व लिएको जिल्लास्थित सरकारी निकाय जिल्ला बन कार्यालय कै कर्मचारीको मिलोमतोमा भारी मात्रामा  काठको तस्करी भइरहेको खुलेको छ। जिल्लाको पश्चिम क्षेत्रमा काठ तस्करीको खबर पटकपटक विभिन्न सञ्चार माध्यममा प्रकाशित भए पनि  त्यो कुनै खासै   असर  न पर्नुको मुख्य कारण  सब डिभिजन बन कार्यलयका प्रमुख   रेन्जर गणेश पुरी रहेको तथ्य बाहिरीएको छ । 
 
बितेको  साउन २२ गते लगभग ७ बजे   कृष्णनगर १२ भदुइ  गाउँको एउटा बारीमा  १४ गोलिया सिसमको  तस्करीका काठ रहेको जानकारी वन रेन्जर गणेश पुरीलाई गराइन्छ  ।  त्यस पछि केही मिनेटमै काठ तस्करको फोन जानकारी गराउने ब्यक्तिलाई आउछ र बिन्ती गरिन्छ तपाई साइलेन्ट भइदिनु भनेर  । फ़ेरि जानकारी गराउने ब्यक्ति बन रेन्जर पुरीलाई फोन बाट सोधे मेरो गोप्यनियता किन भङ्ग गर्नु भयो ? माल समातेर लागियो भने पुरै आरोप म माथि आयो भने मेरो सुरक्षा कसले दिने  ? तर पुरीले गैरजिम्मेवारीपूर्वक कुरा गरे  फोन काटियो । फेरि पछि फोन राति लगभग १०  सम्पर्क गर्दा फोन उठेन , फोन नउठेपछि अन्य स्रोतबाट खोज गर्दा  सबैबाट सेटिङ भएकोले काठ न उठाउन रेन्जरको आदेश रहेको जानकारी आयो ।
बिहान काठ तस्करबाट यो बारेमा  बुझ्दा  काठ रातिमा छोडीएकोले सबैलाई धन्यवाद दिए भने ठकुरापुर बनजाच बाट बुझ्दा राति कहिँ बाट नल्याएको बताए तर रेन्जर पुरीबाट बुझ्दा फेरि धम्क्याएर झुठो बोल्दै भने कि रातिमा नै हामी समातेको र बाटो बिग्रेको कारण  उसैको काठ मीलमा जमानी कागजात गरेर राखेका छौ ।    रेन्जर पुरी पछि फेरि काठ कारोबारी बाट बुझ्दा काठ पुर्णतः मेरो सुरक्षित रहेको बनको कुनै कर्मचारी  नआएको  र वनकर्मचारीलाई  मिलाएर नै काम भइरहेको जानकारी समेत  गराए । यसबाट स्पष्ट बुझिन्छ कि काठ तस्कर र रेन्जर गणेश पुरी गहिरो सम्बन्ध छ यदि कोही सुराकी गर्‍यो भने त्यो सुराकी सुरक्षित रहनेछैन ।