काठमाडौं । ६ वाम घटकले आयोजनामा हिजो साउन २६ गते देशका बिभिन्न शहरमा बिरोध सभा सम्पन्न भएको छ । कालो नागरिकता बिधेयक, एमसीसी, एसपीसी असंलग्न नीति बिपरीत सेनाको सन्देहास्पद भूमिका, भ्रष्टाचार, मँहगी र मलको अभाव लगायतका जल्दाबल्दा समस्यालाई लिएर यो बिरोध सभाको आयोजना गरिएको हो । यसप्रकार काठमाडौ, इटहरी, जनकपुर, सिमरा, हेटौडा, चित्तवन, पोखरा, बुटबल, नेपालगंञ्ज, सुर्खेत र धनगडीमा बिरोध सभा सम्पन्न भएको छ ।
ंयस क्रममा काठमाण्डौको शान्तिबाटीकामा भएको बिरोध सभाको अध्यक्षको आसनबाट बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले देशको सबै क्षेत्र अस्तब्यस्त भएको छ । संसदले एमसीसी पास गर्छ, एसपीपी पारित गर्ने उद्यम जारी राख्छ, कालो नागरिकता बिधेयक पारित गर्छ । भ्र्रष्टाचारीलाई कारबाही गर्दैन । ३८ क्वीण्टल ३३ किलो सुनको बिषय सामसुम पारिन्छ । एनसेलको ७२ अर्ब प्रकरणलाई ढाकछोप गरिन्छ । मंहगीले आकाश छाएको छ । मलको सधैं हाहाकार उत्पन्न गर्दछ । यो सत्ता र सरकार देश र जनताप्रति जिम्मेवार छैन । बिदेशप्रति लम्पसार भए पछि सबै काम फत्ते हुन्छ भन्ने ठान्दछ । त्यसैले हाम्रौ संसद, हाम्रो सरकार अब हाम्रो रहेको छैन । बिदेशी शक्ति केन्द्रहरुको पछि पछि दौडने र उनीहरुकै हित अनुकूल काम गर्ने थलो भएको छ । समग्रमा अबस्था र ब्यवस्था दुबैमाथि प्रश्न उठेको छ ।

आमूल परिबर्तनकारी नयाँ जनबादी क्रान्तिबिना देश र जनताका समस्या हल हुदैनन् भन्ने कुरा अझ प्रष्ट हुँदै गएको छ भन्नु भयो । उहाँले नेपाली सेना देशभक्त छ र यसले बिदेशको अगाडि शीर निहुँराउदैन भन्ने जुन बिश्वास गरिन्थ्यो त्यसमा पनि बिचलन आएको छ । असंलग्न नीतिका बिपरीत हालै अस्टे्रलियामा अमेरिकी सैन्य गुटमा सामेल भएर आएको देखियो । यसबारे सरकार र सेनाले वास्तवकिता के हो नेपाली जनतालाई यथार्थ जानकारी दिनु पर्दछ भन्नु भयो ।
कार्यक्रममा विरोधसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेलले देशमा जनघात र राष्ट्रघातले सर्बत्र सीमा पार गरेको भन्दै अब छिट्टै शासकहरुले वालुवाटार छोडेर भाग्नुपर्ने दिन आउने बताउनु भयो ।

विरोधसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गजुरेलले भन्नुभयो, “शासकहरुले राष्ट्रघात र जनघातका हरक्षेत्रमा सीमा पार गरिसकेका छन् । जनताको असीम धैर्यता अब टुट्न थालिसकेको छ । अब छिट्टै शासकहरुले वालुवाटार र सिंहदरबार छाडेर भाग्नुपर्ने दिन आउँछ ।”
उहाँले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्न दलालहरुले राष्ट्रपतिलाई दबाब दिइरहेको चर्चा गर्दै नेपाललाई फिजी जस्तो बनाउने राष्ट्रघातमा राष्ट्रपतिले लालमोहर नलगाउने कुरामा आफूहरु विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले राष्ट्रपतिलाई ६ दलको तर्फबाट नागरिकता विधेयक संसदलाई नै फिर्ता पठाउन आफूहरुले प्रतिनिधि मण्डल गएर भेटेरै आग्रह गरेको जानकारी दिंदै नेता गजुरेलले राष्ट्रपतिले प्रमाणीकरण गरे पनि राष्ट्रघाती नागरिकता विधेयक आफूहरुले नमान्ने बताउनु भयो ।
उहाँले प्रतिक्रियावादीहरुको कित्तामा एकपछि अर्को संकट थपिदै गएको चर्चा गर्दै जनता सडकमा उत्रेपछि कुनै पनि तागतले प्रतिक्रियावादीहरुको लुटको स्वर्ग बचाउन नसक्ने दावी गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (मसाल) समन्वय समितिका नेता ओमबहादुर केसीले नेपाली जनता र राष्ट्र बिरोधी नागरिकता बिधेयक पारित गरेर संसदले नेपाल जनताको आन्दोलनको अपमान गरेको छ । देशलाई फिजी बनाउन नेपाली जनताले आन्दोलन गरेका होइनन् भन्नु भयो ।

नेकपा (बहुमत)का कार्यालय सदस्य बाबुराम गजमेर देश सर्बत्र अधोगतिमा गइरहेको र शाकस दलको मनपरीतन्त्र चलिरहेको कुरा औंल्याउनु भएको थियो ।

कार्यक्रममा संयुक्त क्रान्तिकारी मोर्चा, नेपालका प्रतिनिधि माधव दाहाल जन बिरोधी र राष्ट्र बिरोधी सत्ता र सरकारले जनताई आच्छु आच्छु पारिरहेको उल्लेख गदैृ आन्दोलनको बिकल्प नभएको बताउनु भयो ।

यो कार्यक्रमको सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरी सुवेदीले गर्नुभएको थियो ।