नेपाल कम्युनिष्ट पार्टीको मधेस प्रदेश कमिटी पुनर्गठन भएकाे छ । गत साउन २४ गते प्रदेशका बिभिन्न जिल्लाबाट सहभागि प्रतिनिधिमूलक भेलाद्वारा कमिटि पुनर्गठन गरिएको हाे । यस अघि गएकाे मंसीर २५ गते मधेश प्रदेश कमिटीकाे गठन गरिएकाे थियाे । लाेकनारायण सुवेदीकाे नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले याे मधेस प्रदेश कमिटीकाे पुनर्गठन गरेको हो ।
धनुषाको ढल्केवरमा बसेको प्रदेशस्तरीय भेलाले जयलाल पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी बनाएकाे छ । पुनर्गठित समितिको उपाध्यक्षमा रामप्रसाद चौधरी, सचिवमा सूर्यनारायण दास र कोषाध्यक्षमा साबित्री देवी मण्डल रहेका छन् ।
यसैगरी प्रदेश कमिटीका सदस्यहरुमा सोमनी देवी राम, नुरजहाँ खातुन, सन्तोष साह, शिव सदा, धर्मेन्द्र चौधरी, सीतादेवी राम र अशोक सदा रहेको पार्टीका नेता शिवकुमार महतोले जानकारी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिव रामदुलार महतोको प्रमुख आतिथ्यमा याे प्रदेशस्तरीय भेलाको आयोजना गरिएको नेपालपत्रका स्थानीय सम्वाददाताले समाचार सम्प्रेषण गरेका हुन् ।