काठमाडौँ । एक समाराेहका बीच हिजाे साउन २१ गते सिन्धुली मरिणमा कार्यरत कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को कवितासंग्रह ‘बूढो समय’ बिमाेचित भयाे । काठमाडौंबाहिरका मान्छेको काठमाडौंमाथिको दृष्टिकोण, मान्छेका सम्बन्धहरू, वैदेशिक रोजगारीका पीडा, राजनीतिक अव्यवस्था, माओवादी युद्ध, गाउँका वृद्धहरूका कथाहरू उनका कवितामा अटाएकाे बिमाेचन कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले बताए ।
कार्यक्रम सञ्चालक कवि रामगोपाल आशुतोषले सहजीकरण गरेको कार्यक्रममा साहित्यकारहरू डा. कृष्णहरि बराल, सुरेश किरण, ज्ञानु अधिकारी र महेश पौडेलले किताबमा समावेश कविताहरूमाथि समालाेचनात्मक टिप्पणाी गरेका थिए । कार्यक्रममा यस समयका कविता, नयाँ पुस्ताका लेखनका विषयमा पनि बहस गरिएको थियो ।
डा. बरालका उनुसार बुढाे समयभित्रकाक ‘ रचित कविताहरूले प्रगतिवादी धार समातेको र ‘नेपाली समाजका विविध क्षेत्रका प्रभावमाथिका ती कविताले वर्तमान समाजको आवाज बोलेको छ उल्लेख गरे ।’
कवि सुरेश किरणले बाबुरामका कविता अत्यन्तै सरल र सरस भएको बताए । ‘यी कन्टेन्ट फ्रेस छन्, वाक्य निर्माण छोटा छन् र शब्द छनोट सुन्दर र समकालीन कविले लेखिरहेका भाषासँग यी कविताका भाषा मेल खाँदैनन् भनेका थिए ।
कविताहरूले भित्रैदेखि आनन्दित बनाउने खालका भएकाे बताइन् साहित्यकार ज्ञानु अधिकारीले ।अनि थप उनले भनिन् ‘डुबेर पढ्दा यिनले आनन्द दिन्छन् र ‘कविको चेतना र अनुभूतिमा पस्दा यी कविता बुझ्नु कुनैबेला जटिल लाग्न पनि सक्छ ।’
अर्का साहित्यकाकर महेश पौडेलले बाबुरामका कविता नयाँ बिम्ब, प्रतीक, भाव र अभिव्यञ्जनामा लेखिएको बताए । ‘कवितामा सहरभन्दा निकै टाढा ग्रामीण बस्तीका अनुभूति र कथा लेखिएका र ‘कविको नयाँ भूगोलमा पस्दा कवि नै त्यहाँ भेटिन्छन् भने ।
कवि बाबुरामको यसअघि पनि ‘देश स्वप्न’ (०६३) कवितासंग्रह प्रकाशित भइसकेकाे छ । मण्डला स्थित ट्रान्जिट रेष्टुराकाे एउटा कक्षमा सम्पन्न बिमाेचन कार्यक्रममा उपस्थिति भरीभराउ थियाे ।
