शनिबार, आश्विन १७ गते २०८३

बाढीबाट जाेखिम पनि छ भने काइदा जाने फाइदा पनि छ

श्रावण १९, २०७९ बिहीबार
बाढीबाट जाेखिम पनि छ भने काइदा जाने फाइदा पनि छ
अजय सहानी, तौलिहवा 
बाढी आउनु आफैंमा जोखिमपूर्ण हो । कसैले बाढी आवोस भन्ने चाहन्न । तर प्रकृतिको एउटा रुप बाढी पनि हो जो समय परिस्थिति अनुसार आइरहन्छ । 
 
बाढीलाइ धेरैले बिनाशको रुपमा हेर्ने गर्छन् र यसले नोक्सानी मात्र गर्ने भन्ने मान्यता रहेको छ । तर हरेक चिजको नकारात्मक र सकारात्मक दुबै पक्ष हुने गर्छ । यस्तै बाढी आएको समयमा बाणगंगा खोलाको रामघाटमा जोखिमपूर्ण तर रोचक दृश्य देखिएको छ । बाढीबाट फाइदा लिन गाउँघरका मानिस खोला छेउछाउमा जम्मा भएका  थिए । बाढीमा बालुवा , गिट्टी बगेर आए जस्तै काठ नि बगेर आउने गर्छ । बनजङ्गल हुँदै बग्ने खोलाले जङ्गलबाट बिभिन्न किसिमका काठ दाउरा बगाएर ल्याउने गरेको हुन्छ । 
 
त्यहि दाउरा जमा पार्न खोला छेउका गाउँका युवा देखी वृद्ध सम्म खोला वरिपरि काठ दाउरा जमा पार्ने काममा लागेको देखिन्छ । उनीहरुले कोहि डोरीमा सानो इट्टा वा बाङ्गो काठ बाधेर बगिरहेको काठ दाउरालाइ फसाएर निकाल्ने गार्छ्न भने कसैले सिङ्गो बासको प्रयोग गरि काठ दाउरा निकाल्ने गरेका छन् ।
 
यसैगरी राम्रो काठको मुडा आएमा कतिपयले आफ्नो ज्यानलाइ जोखिममा पारी बाढीमा पौडेर काठ निकाल्ने गरेका छन् । उनीहरु अनुसार बर्खाको सिजनमा खोलाबाट महिनौं चुलो जलाउन र जाडोमा आगो ताप्नका लागी दाउरा जमा हुने गरेको छ । बाढी बाटै फर्निचर बनाउन मिल्ने राम्रो काठ निकालेर कतिपयले आम्दानी समेत गर्ने गरेका छन् । 
 
यसरी बाढीबाट काठा दाउरा निकल्दा जोखिम हुने गरेको भएतापनि खोला छेउका स्थानीयले विभिन्न प्रयोजनका लागी बाढीबाट काठ निकाल्न पछि परेका छैनन् ।