काठमाडौं । आज राष्ट्रपति बिद्यादेबी भण्डारीलाई एक ज्ञापन पत्र बुझाउदै राष्ट्रिय साझा मुद्धामा संयुक्तरुपमा संघर्षरत ५ बाम घटकले प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष सरकारद्वारा प्रस्तुत राष्ट्रघाती नागरिकता बिधेयक प्रमाणिकरण नगरी संसदलाई फिर्ता गर्न र ब्यापक सर्बपक्षीय छलफल, बहस र बिचार बिमर्श पछि मात्र यसर्लाइ सच्याएर पारित गर्न माग गरेका छन् । आज अपरान्ह राष्ट्रपति समक्ष ज्ञापन बुझाउन जाने पाँच पार्टीका नेताहरुमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (बहुमत)का नेता गुणराज लोहनी, नेकपा (मसाल) राष्ट्रिय महाधिबेशन आयोजक समितका संयोजक सन्तबहादुर नेपाली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी तथा संयुक्त क्रान्तिकारी मोर्चाका प्रतिनिधि राजुकार्की लगायतका नेताहरु सहभागी थिए ।

नाराजुलुससहित ज्ञापन पत्र बुझाउन पुगेको टोलीलाई प्रहरीले कान्तिबाल अस्पताल छेउमै रोकेको थियो । जुलुसलाई त्यहाँ रोकेपछि नेताहरुको एक टोली मात्रै गएर ज्ञापन पत्र बुझाएका थिए । बाहिर रहेका कमरेडहरुले राष्ट्रघाती सम्झौता खारेज गर, दलालहरु होशियार सम्पूर्ण देशभक्त जन समुदाय एक होऔं भन्ने नारा लगाइरहेका थिए ।

ज्ञापन पत्र बुझाएर फर्किए पछि उपस्थिति पार्टीका नेता कार्यकता र जन समुदायका बीच सक्षिप्त मन्तब्य राख्दै राष्ट्रपति पनि यो बिषयमा गम्भीर रहेको र देर जनताकाके हितमा उपयुक्त निष्कर्शमा पुग्ने आभास मिलेको उल्लेख गर्दै नेपालीलाई नागरिकताबाट बञ्चित गर्ने र बिदेशीलाई नागरिकता दिने र देशलाई फिजीकरण गर्ने खतरनाक गतिबिधिका बिरुद्ध संयुक्त आन्दोलन जारी राख्नु पर्ने र ब्यापक बनाइनु पर्ने आवश्यकता औंल्याएका थिए ।

राष्ट्रपतिसमक्ष बुझाइएकाे ज्ञापनपत्र यस प्रकार छ -

