शनिबार, आश्विन १७ गते २०८३

प्रहरी प्रशासन बाट सर्वसाधारणलाई सास्ती र तस्करलाई संरक्षण

श्रावण ९, २०७९ सोमबार
प्रहरी प्रशासन बाट सर्वसाधारणलाई सास्ती र तस्करलाई संरक्षण
शहबाज खाँन । कपिलबस्तु
 
ईलाका प्रहरी कार्यलय  बहादुरगंजकाे प्रहरी र  ट्राफिक प्रहरी काे संयुक्त टाेलीले कहिले कृष्णनगर नगरपालिका वार्ड नं.८ लोहराैला , कहिले शिवराज नगरपालिका वार्ड नं.७ जवाभारी आसपास एरियामा चेकजाँच गर्न छड्के खटिने गरेको पाईएकाे छ । उहाँहरूको  साे एरियामा अधिकांश भारतीय नं. प्लेटका माेटरसाईकल चल्ने गरेकोमा उक्त गाडीसँग  सुविधा,भन्सार, लाईसेन्स छ कि छैन भन्दै २००/- देखि ५००/- सम्म अबैध तरिकाबाट पैसा असुली गर्ने गरेकाे  स्थानीयहरु बाट गनगुनासाे सुनिने गरेकोे पाइएकाे छ । भारतसँग  सीमा जाेडिएकाे एरियामा  सवारी साधन पनि  भारतीय नम्बर प्लेटका हुन्छन् ।  कसैकाे दाइजाेमा पाएका  , कसैले आफन्त काे नाममा खरिद गरेर प्रयाेग गरेकोे हुन्छ र  कोही  भन्सार गराउछन भने कोही बिना सुबिधा भन्सार चलाउछन् ।
 
गाउँ घरतिर बाइक चलाउने ब्यक्ति लाईनेपाल प्रहरी र ट्राफिक प्रहरीले अनावश्यक तरिकाले सधैजसाे चेकिङ्ग लगाएर पैसा असुली गर्ने काम मात्र गर्ने गरेकोे भन्दै चाेक चाैराहामा जनगुनासाे गर्ने गरेको पाइएको छ। नेपाली नम्बर प्लेटका माे.सा. प्रयाेग गर्नेहरु लाई पनि ब्लु बुक रिन्यु नभएकाे , लाईसेन्स नभएकाे, हेलमेट प्रयाेग नगरेको र सीट क्षमता भन्दा बढी सवार भएको भेटाएमा पैसा लिने गरेको बुझिएको । कसैले पैसा दिएको रसिद मागे पछि जरिमाना १०००/- देखि १५००/- सम्म कटाउने गरेकाे , मिलाएर गराई दिनुस भनेपछि बिना रसिद २००/- देखि ५००/- सम्म लिने गरेकाे  र यसरी चेकजाँच नाममा अबैध तरिकाले असुली गर्ने गरेकाे पाइएकाे छ । उता तस्करी गर्ने समूह भने नम्बर प्लेटका बाइकहरु  एकदमै जीर्ण अवस्थामा रहेको बिना कागज ,बिना भन्सार दिनरात तस्करीको समाग्री ढुवानी गर्दा प्रहरीको घुमुवा, गस्ती टोली र चेक पोइन्टले समेत कुनै प्रकारको रोकावट नगर्नु र छड्के चेकजाँचमा समेत छोडनुले नै  महिनावारी लाईन लिने गरेकाे बुझिन्छ  । 
 
भारतीय मालबाहक गाडीहरू ओभरलाेड गरेर आउँदा समेत धेरैजसोलाई  मिलाएर छोडने काम हुँदा बाटोको चाडै बिग्रेर जाने तथा राजस्वमा समेत कमी हुनेगरेको छ । । प्रहरी प्रशासन बाट सर्वसाधारणलाई सास्ती र तस्कर संरक्षण गर्ने यसरी विभेदपुर्ण व्यवहार  गरेकोले प्रहरी प्रतिकाे विश्वसनीयता घट्दै गइरहेकाे अवस्था छ  ।