शनिबार, आश्विन १७ गते २०८३

कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी मार्गदर्शक कमरेड पुष्पलाल : सही बाटाे पक्रे मात्र स्मरण गरेकाे सार्थक

श्रावण ८, २०७९ आइतबार
कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी मार्गदर्शक कमरेड पुष्पलाल : सही बाटाे पक्रे मात्र स्मरण गरेकाे सार्थक

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४४औं स्मृति दिवसको अवसरमा बिभिन्न नेताहरुले कमरेड पुष्पलालको क्रान्तिकारी जीवन र कर्मको बारेमा हिजो काठमाण्डौमा स्मरण र चर्चा गरे । देश र जनताप्रतिको उनको सादगीपूर्ण उच्च समर्पण र त्याग तथा नेपालका राष्ट्रिय समस्या र तिनको समाधानको बाटोमा अबिचलितरुपमा डटिरहने अग्रज मार्गदर्शक योद्धाले बाह्य र आन्तरिक अनेक प्रताडना सहेर पनि क्रान्तिको सही मार्गमा सतीशाल भएर खडा भएको र नेपालमा कम्युनिष्ट आन्दोलनको स्थापना, रक्षा र बिकास गरेको मूल्यांकन गरे ।

gosthi2.jpg
यस सम्वन्धमा नेपाल कम्युनिष्ट पार्टीले आयोजन गरेको एक बिचार गोष्ठीमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी मार्गदर्शक हुन् र उनले नेपाली जनतालाई उनीहरुको आफ्नो मुक्ति र प्रगतिका लागि जगाउने, उठाउने र अघि बढाउने प्रष्ट बाटो देखाए । घरेलु प्रतिकृयाबाद, भारतीय एकाधिकार पूँजीवादी हैकमबाद र बिश्व साम्राज्यबादबाट मुक्त नभइ नेपालका समस्या समस्या समाधान हुँदैनन् भन्ने कमरेड पुष्पलालको प्रष्ट र सही दृष्टिकोणको उल्लेख गरे । तर आज यी समस्या हल नभइकन क्रान्ति सम्पन्न भयो भन्ने भ्रम फैलाउने तथा यथास्थिति र अधोगामी दिशामा गएर सामन्तबाद, प्रभूत्वबाद तथा साम्राज्यबाद  समक्ष लम्पसार परेर आत्म समर्पण गर्ने दुष्प्रयत्न भइरहेको यथार्थ औंल्याउँदै र त्यसप्रति गम्भीर रुपमा सजग हुँदै त्यस्ताे प्रबृत्तिकाे तीब्र भण्डाफाेर गर्दै एकताबद्ध आन्दोलनको बिकास गर्न प्रयत्न गर्नु पर्ने कुरा औंल्याए ।

gosthi3.jpg

कार्यक्रममा अतिथिको आसनबाट बोल्दै नेकपा (क्रान्तिकारी माओबादी)का स्थाइ समितिका सदस्य तथा देजमोका अध्यक्ष सीपी गजुरेल ‘गौरब’ले भने – नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनबादको प्रष्ट र सामयिक प्रस्तोता कमरेड पुष्पलाललाई जस्तो गलत किसिमले लाञ्छना लगाउने र कम्युनिष्ट आन्दोलनकै बीचबाट अबस्तुबादी आलोचना गरेर फत्तुर लगाइने काम गरियो त्यो अप्रमाणित ठहरियो । उहाले देखाएको संयुक्त जन आन्दोलनको बाटोमा अझ दृढताकासाथ लागेर नेपाली जनतालाई गोलबन्द गर्दै बाह्य हस्तक्षेपका बिरुद्ध सम्पूर्ण क्रान्तिकारी शक्तिहरु एकाबद्ध हुनु आजको ज्वलन्त आवश्यकता हो । यसका लागि कार्यगत एकता, संयुक्त मोर्चा र पार्टी एकता तत्काल जे सम्भव छ त्यसो नगरी उच्च आमूल परिबर्तनको दिशामा अग्रसर हुन सकिदैन । 
कार्यक्रममा बोल्दै नेकपा(मसाल) राष्ट्रिय महाधिबेशन आयोजक समितिका प्रतिनिधि चिन्तामणि पौडेलले भने – जुन बिचार, सिद्धात, नीति र कार्यक्रम कमरेड पुष्पलालले नेपाली जनताको मुक्ति र प्रगतिका लागि दिनुभएको छ त्यसका लागि जीवन पर्यन्त अघि बढ्नु भएको छ त्यस आधारभा उहाँको मूल्यांकन गर्नुको साटो उहाँलाई गद्धार भनेर लाञ्छना लगाइनु कम्युनिष्ट आन्दोलनको बिकास, बिस्तार र सुदृढीकरणका लागि अत्यन्तै घातक र बिभाजनकारी प्रबृत्ति हो । आज सबै कुरा प्रष्ट हुँदै गएको छ कि कं पुष्पलाल सच्चा क्रान्तिकाकरी अग्रज नेता हुनुहुन्थ्यो ।


संयुक्त क्रान्तिकारी मोर्चाको तर्फबाट बोल्दै कार्यक्रममा नारायण शार्माले भने – नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलालको योगदान अतुलनीय छ । उहाँले नयाँ जनबादी क्रान्तिको सटीक कार्यक्रम दिएर त्यसको प्राप्तिका लागि जीवनभर संघर्ष गर्नु भयो र क्रान्तिकारी चिन्तन, चरित्र र ब्यवहारको अनुकरणीय मूल्य र मान्यता स्थापित गर्नु भयो । उहाँबाट शिक्षा लिएर आज कम्युनिष्ट आन्दोलनलाई एकताको सुत्रमा बाध्नु अत्यावश्यक छ ।

नेपाल कम्युनिष्ट पार्टीका सचिव महेन्द्र जोशीले कार्यक्रम सञ्चालन गर्दै कमरेड पुष्पललाको सही बिचारको वरिपरी सम्पूर्ण कम्युनिष्टहरु एकजुट भएर अघि बढ्न सकेमा निर्णायक र उच्च परिबर्तन अबश्यंभावी छ भन्ने भावना ब्यक्त गरे ।
कार्यक्रममा उपस्थित सबै अतिथि तथा पार्टीका नेता कार्यकताहरुलाई स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टीका कोषाध्यक्ष सीता सुबेदीले देश संगीन अबस्थाबाट गुज्रिरहेको र संसद नै बाह्य हस्तक्षेपको क्रीडास्थल भइरहेको बेला देशका शोषित पीडित जनताको मुक्तिको लागि बाटो देखाउने क.पुष्पलालको स्मरण गर्दा बाह्य हस्तक्षेपका बिरुद्ध दृढतापूर्बक खडा हुन आत्मसमर्पणबादी प्रबृत्तिका बिरुद्ध निर्मम प्रहार गर्नु पर्ने कुरा ब्यक्त गरेको थियो ।
कार्यक्रममा केशर कालीकोटेले शहीदहरुप्रति समर्पित सुन्दर गीत गाएर सबैमा उर्जा र उत्साह थपेका थिए ।

 ''अवसरबाद तथा बिसर्जनबादकाे भण्डाफाेर गराैं,  कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अघि बढाऔं'' भन्ने नाराकासाथ आारम्भ भएको कार्यक्रमको शुरूमा नेपाली जन आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति सम्मान प्रकट गर्न एक मिनेट मौन धारण गरिएको थियो ।

प्रज्ञाभवनमा नेकपा मार्क्सबादी(पुष्पलाल)ले मनायाे पुष्पलाल स्मृति दिवस 

fotopragya.jpg

कमरेड पुष्पलालकाे यस्तै स्मरण कार्यक्रम  नेकपा मार्क्सबादी (पुष्पलाल)ले पनि प्रज्ञाप्रतिष्ठान सभाकक्षामा सम्पन्न गरेकाे थियाे । पार्टीका अध्यक्ष मानध्वज गुरूङकाे सभापतित्वमा भएकाे सभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लाेकनारायण सुबेदी, नेकपा(मार्क्सबादी पुष्पलाल)का नेता अच्यूत ज्ञवाली, पुष्पलाल अध्ययन समाजका अध्यक्षँ लाेककृष्ण भटराइ, संयुक्त क्रान्तिकारी माेर्चाका नेता नारायण शर्मा, बामपन्थी नेता एकलाल श्रेष्ठ र  ठाकुर शर्मा, महिला नेतृ टीकमाया गुरूङ, नेकपा(समाजबादी)का अध्यक्ष राजु कार्की, नेकपा राष्ट्रबादीका नेता देबकाेटा, नेकपा(समाजबादी)का महासचिव मानबहादुर तामाङ, मार्क्सबाद तथा पुष्पलाल अध्ययन मञ्चका संयाेजक उदय अधिकारीलगायतले बाेल्दै  पुष्पलालकाे बैचारिक नेतृत्वमा कम्युनिष्ट एकताकाे खाेजी गरिनु पर्ने कुरामा जाेड दिएका थिए । कार्यक्रमकाे सञ्चालन कमरेड दुर्गा नेपालले गरेकी थिइन् ।