स्पेनको स्वास्थ्य मन्त्रालयले गर्मीको लहरका कारण विगत आठ दिनमा मा ६७९ जनाको ज्यान गएको जनाएको छ। जुलाई १७ मा मात्रै १६९ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुने ४३० जना ८५ वा माथिका, १५९ जना ७५ देखि ८४ वर्ष र ५८ जना ६५ देखि देखि ७४ वर्षका हुन् ।
स्पेनमा चलेको यो दोस्रो गर्मीको लहर मंगलबार सकिएको जनाइएको छ । स्पेनमा २०२२ को पहिलो गर्मीको लहर जुन ११ देखि जुन १७ सम्म चलेको थियो र त्यसले ८२९ जनाको ज्यान लिएको जनाइएको छ । यसरी स्पेनमा अत्याधिक गर्मीका कारण यस गर्मीका कारण यस वर्ष १,५०८ जनाको मृत्यु भइसकेको छ । स्पेनका धेरै ठाउँमा अझैपनि ४० डिग्रीकै हाराहारीमा तापक्रम रहिरहने अनुमान गरिएको छ ।
विश्व मेट्रोलोजिकल अर्गनाइजेसन डब्लुएमओका का अनुसार पश्चिमी यूरोपमा अत्यधिक गर्मीले फ्रान्स र स्पेनमा विनाशकारी जंगली आगलागी र इटाली र पोर्चुगलमा अभूतपूर्व खडेरी निम्त्याइरहेको छ।
संयुक्त राष्ट्रसंघको डब्लुएमओका अनुसार बेलायतको लन्डनको हिथ्रो एयरपोर्टमा मंगलबार मात्रै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम रेकर्ड गरिएको छ। डब्लुएमओले युरोपेली गर्मीको लहर अर्को साताको मध्यसम्म अन्त्य नहुने चेतावनी दिएका छन् ।
गर्मीको लहरले एक प्रकारको वायुमण्डलीय ढक्कनको रूपमा पनि काम गर्छ, डब्ल्यूएचओले प्रदूषकले वायुको गुणस्तर घटाउने, विशेष गरी वृद्धहरू जस्ता कमजोर मानिसहरूका लागि प्रतिकूल स्वास्थ्य नतिजा देखिने जनाएकाे छ। सन् २०३० को ठूलो गर्मीको लहरमा युरोपमा ७०,००० जनाको मृत्यु भएको थियो यूएन न्यूजले बताएको छ ।
आगामी साताहरूमा समेत यो गर्मीको लहरले असर पार्न सक्ने त्यसपछिका स्वास्थ्य प्रणालीहरूमा आउने चुनौतीहरूका कारण वृद्धवृद्धाहरू र स्वास्थ्य अवस्था कमजोर भएका मानिसहरू प्रभावित हुने आशंका गरिएको छ ।