बुधबार, भाद्र ३ गते २०८३

भारतमा बिदेशी मुद्रा सञ्चिति र यसको उपयोगको नीति

श्रावण २, २०७८ शनिबार
भारतमा बिदेशी मुद्रा सञ्चिति र यसको उपयोगको नीति


हालै प्रकाशित भारतको रिजर्भ बैंकको पछिल्लो प्रतिबेदन अनुसार यस बर्षको २५ जूनका दिन भारतमा बिदेशी मुद्राको भण्डारण ६०९ अर्ब डलरको ऐतिहासिक रेकर्डको उच्चाईमा पुगेको छ । अनि यो बिश्वका चौथो सबैभन्दा बढी बिदेशी मुद्रा सञ्चय गर्ने देश बन्न पुगको देखिन्छ । यस स्थितिमा कोरोना कालमा देखिएको भारतको स्वास्थ्य पूर्बाधार र ढाँचाको दयनीय स्थितिमा सुधार ल्याउन र सबल तुल्याउन, चीन र पाकिस्ताको तर्फबाट मिलिरहेको कथित रक्षा चूनौतिको सामना गर्नका लागि आधुनिकतम शस्त्रास्त्र पर्याप्त मात्रामा खरिद गर्न तथा एण्टी–ड्रोन प्रबिधिका लागि समेत त्यो सञ्चित बिदेशी मुद्राको निकै ठूलो भाग खर्च गर्न त्यहाँका एकथरी अर्थबिज्ञहरुले सत्तालाई सुझाव दिइरहेका छन् ।
उल्लेखनीय छ कि भारतको बिदेशी मुद्रा मण्डारण उसको अन्तर्राष्ट्रिय लगानी स्थितिको एउटा महत्वपूर्ण हिस्सा बन्न गएको छ । बिदेशी मुद्रा भण्डारणको बिषयमा भारत तीन दशक पहिला जुन नाजुक परिदृष्यमा थियो त्यो आज पूरै बद्लिएको देखिन्छ । हुन पनि १९९१ तिर भारतको आर्थिक स्थिति निकै नै नाजुक स्थितिमा पुगेको देखिन्थ्यो । त्यतिबेला भारतका अर्थ ब्यवस्था भुक्तान संकटमा नराम्रोसँग फँसेको थियो । त्यस बेलाको भारतीय अर्थतन्त्रको स्थितिको अनुमान यसै कुराले गर्न सकिन्छ कि भारतको बिदेशी मुद्रा भण्डारण पनि केवल १.१ अर्ब डलर मात्र रहन पुगेको थियो । त्यतिबेलाको त्यो बिदेशी मुद्राले केव दुइ साताको बैदिशिक आयात गर्नका लागि मात्र पुग्दथ्यो या त्यो भन्दा पनि कम रहन पुगेको स्थिति थियो । त्यस्तो स्थितिमा भारतको केन्द्रिय बैंक रिजर्भ बैंकले ४७ टन सुन बिदेशी बैंकहरुमा बन्धकी राखेर ऋण लिनु परेको थियो । यसले नै अर्थतन्त्र कति कमजोर बन्न पुगेको थियो भन्ने प्रष्ट पार्दछ ।
 त्यसयता भारतले १९९१ म बिश्व पूँजीवादकै अभिन्न अंगकोरुपमा नयाँ पूँजीवादी अर्थ नीति अँगाल्यो ।त्यसको उदेश्य भूमण्डलीकरण, नीजीकरण र बजारिकण गर्ने रहेको थियो । त्यो नीति अबलम्बन गरेपछि भारतको भुक्तान सन्तुलनमा सुधार आएको र १९९४ सम्म आइपुग्दा बिदेशी मुद्रा सञ्चितिमा बृद्धि हुन र सुध्रिन थालेको थियो । २००२ पछि यसले अझ गति पक्रियो । २००४ मा पुग्दा भारतीय बिदेशी मुद्रा सञ्चिति बढ्र १०० अर्ब डलरभन्दा माथि पुग्यो । अनि पछिल्लो पटक २५ जूनमा आइपुग्दख ६०९ अर्ब डलरको रेकर्ड उच्चाईमा यो पुगेको छ र यसको प्रबृत्ति अझ बढ्ने देखिएको छ । तर यो सबै अस्थाई उपचार मात्रै थियो । अर्थतन्त्रले समग्र जनताको जीबन स्तरमा भने खासै उल्लेखनीय प्रगति गरेको भने देखिदैछ । उल्ट गरीबी, ससमानता र बेरोजगरीमा बृद्धि भएको र हुँदै आएको थ्यांक छ ।

 

fcr.jpg
 यद्यपि बितेको बर्षमा भारतीय अर्थब्यवस्थामा ठूलो गिरावट आएको हो । त्यति हुँदाहुँदै पनि बिदेशी लगानीकर्तारुले भारतमा प्रत्यक्ष बिदेशी लगानी(एफडीआई)मा प्राथमिकता नै दिनुपर्ने अनेक कारणहरु रहेका छन् । ती कारणहरुमध्ये राम्रो लगानी प्रतिफल एउटा सबैभन्दा प्रमुख कारण हो । दोश्रो हो भारतीय बजारमा बढ्दो मागको स्थिति । भनिन्छ एउटै भारतीय बजारमा अनेक बजारका लाभप्रद लगानीका बिशेषताहरु रहेका या बिकसित भएका छन् । अनि भारतीय शेयार बजार पनि तीब्र गतिले बढ्दो गतिमा रहेको छ । बितेको बर्ष २३ मार्च २०२० मा बम्बई स्टक एक्सचेञ्च २५९८१ अंकमा पुगेर ढलानमा गएको देखिन्थ्यो भने अहिले त्यो दोब्बरभन्दा पनि बढी उच्चाईमा पुगेको देखिन्छ ।
 बिदेशी लगानी भारतमा बढ्ने अर्को कारण त्यहाँको सरकारले केही बर्षदेखि अपनाउँदै आएको उद्योग–कारोबार सहज बनाउने नीति पनि रहेको उल्लेख गरिन्छ । त्यसले गर्दा पनि बिदेशी लगानीकर्ताहरुको भारतमा लगानी गर्ने प्रबृत्तिमा पनि परिबर्तन आएको देखिन्छ । किनकि कर्पोरेट करमा भारतमा ठूला कमी ल्याइएको छ जसले बिदेशी लगानीलाई आकर्षित गर्दछ । त्यसैगरी आय करमा पनि सुधार गरिएकोले लगानी–मैत्री स्थितिमा थप मद्दत पुगेको बताइन्छ ।
 एकथरी भारतीयहरु के पनि भन्दछन् भने कोरोना भाइरसका कारण चीनकाप्रति कथित बढ्दो नकारात्मक र भारतकाप्रति बढ्दो सकारात्मक छबिले गर्दा पनि भारतमा बिदेशी लगानी प्रबाह बढ्न र बिदेशी मुद्रा कोषमा बढोत्तरी हुन मद्दत पुगेको छ । कोरोना संकटका बीच चीनबाट बाहिरेका कतिपय कम्पनीहरुले ठूलो बिदेशी लगानीकासाथ भारतमा कदम बढाएका पनि छन् । यो बिदेशी मुद्रा भण्डारमा बृद्धिका कारणले नै चीनसँग भारतको तानातानीका बीच पनि भारतले गएको बर्ष २०२० मा कतिपय आवश्यक र उपयुक्त रक्षा सामाग्री खरिद गर्न समर्थ भएको र अहिले चीन र पाकिस्तानबाट बढेको थप रक्षा चुनौतिका सामना गर्न पनि थप रक्षा सामाग्री किन्ने क्षमता बढेको पनि बताइन्छ ।
 कोरोना महामारीका बीच पनि बिदेशी मुद्रा बजारमा अस्थिरता कम गर्नका लागि भारतमा बिदेशी मुद्रा भण्डारणले प्रभावकारी भूमिका निभाइरहेको उल्लेख गरिदैछ । भारतले यस स्थितिमा त्यो सञ्चित बिदेशी मुद्राको केही अंश देशको स्थायी र आधारभूत आवश्यकमाथि पनि खर्च गर्न सक्छ । किनभने भारतमा निकै नाजुक स्वास्थ्य संरचनाका कारणले कोरोनाको दोश्रो लहरका बेला गएको अप्रिल–मई मा देशैभरी अकल्पनीय मानबीय पीडा झेल्नुपरेको कुरा सर्बबितितै छ । त्यसैले अब त्यहाँ कोरोना बिरुद्धको संघर्षलाई अझ सबल तुल्याउन र कोरोना–बिपत्ती  या कुनै यस्तै खालको नयाँ संक्रामक बिमारीबाट उत्पन्न हुँदा समेत त्यसलाई राम्रो किसिमले सामना गर्नुपर्ने कुरालाई मध्यनजर राखेर स्वास्थ्य संरचनालाई सबल बनाउनमा समेत बिदेशी मुद्रा सञ्चितिको केही अंश उपयोग गरिनु उपयुक्त हुने समेत त्यहाँका अर्थबिज्ञहरुले सुझाव दिइरहेका छन् ।