शनिबार, आश्विन १७ गते २०८३

नागरिकता सम्बन्धि राष्ट्रिय दृष्टिकोण बनाउन ६ बाम शक्तिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

आषाढ २६, २०७९ आइतबार
नागरिकता सम्बन्धि राष्ट्रिय दृष्टिकोण बनाउन ६ बाम शक्तिको अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रियता जनतन्त्र र जनजीबिकाका बिषयमा संघर्षरत रहेकेा  ६ वाम दलहरुले यही असार २५ गते   बिषयबिज्ञहरु सहित काठमाडौंमा नागरिक जस्ताे गम्भीर र सम्बेदनशील बिषयमा  एउटा बृहत र महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरे । 

नागरिकता समस्या राष्ट्रिय हितमा  समाधान गर्न राष्ट्रिय दृष्टिकोण निर्माण गर्ने अपेक्षाकासाथ “ राष्ट्रिय  स्वाधिनताकाे  रक्षाको लागि नागरिकता  बितरण सम्बन्धी राष्ट्रिय  दृष्टिकोण “ बिषयक उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेकपा ( मसाल ) विशेष महाधिवेशन आयोजक समितीका संयोजक सन्त बहादुर नेपालीले गरेका थिए । 

नेकपा ( क्रान्तिकारी  माओवादी ) का स्थाइ समिति सदस्य परि थापाको समीक्षात्मक मन्तव्य  रहेको सो अन्तरक्रिया कार्यक्रम नेकपा ( बहुमत ) का नेता कृष्ण  धिमालको संचालन र नेपाल कम्युनिस्ट  पार्टीका अध्यक्ष लोकनारायण सुवेदीको स्वागत  मन्तब्यकासाथ अघि  बढेको  थियो । अन्तरक्रिया  कार्यक्रममा आयोजक ६ बाम दलका तर्फबाट संयुक्त क्रान्तिकारी मोर्चाका प्रतिनिधि नारायण  शर्माले अवधारणा  पत्र प्रस्तुत गरेका थिए । 

swagatabhibadan.jpg

पूर्ब राजदूत, परराष्ट्रबिद तथा राजनीतिक बिश्लेषक  हिरण्यलाल श्रेष्ठले अन्तरक्रियालाई सम्बोधन  गर्दै राष्ट्रियताका लागि  सबै भन्दा बढी खतरा जनसाङ्खिक अतिक्रमण  भएको बताए ।  “यो बिधेयक तराइबासीको पनि  हित बिपरित छ । यो खारेज गरिनु पर्छ । “ – परराष्ट्रबिद  श्रेष्ठले भने – “ रैथाने  नेपालिले पाउने तर बिदेशीले नेपाली नागरिकता लिनै नसक्ने खालको कठोर नागरिकता नीति ल्याउनु  पर्दछ ।''  उनले नेपाल भारतबाट जल,थल, ब्यापार अर्थतन्त्र, सँस्कृति र जनसंख्या हरेक क्षेत्रबाट अतिक्रमणमा परिरहेकाे उदाहरण दिएका थिए । श्राेताहरूले हिरण्यलालले माइक्राे मेनेजमेण्ट भने छुटाएकाे हाे कि ती छवटा अतिक्रमणका माध्यमभित्रै पर्ने हाे भन्ने टिप्पणी गरेका थिए ।

पूर्ब उपप्रधानमन्त्री एवं  नेकपा ( माले )का महासचिव  सिपि मैनालीले  अन्तरक्रियामा बोल्दै प्रस्तुत  अवधारणापत्र बिमति जनाउनु पर्ने केही कुरा नरहेको  तर केही कुरा छुटेकाे र अपुग भएकाे बताउदै त्यसमा छुटेका केही महत्वपूर्णा कुरा राखेका थिए । 

नागरिकता अध्ययन कार्यदलका संयोजक  साध्य बहादुर भण्डारीले   अहिले अगाडी  बढाउन खोजिएको नागरिकता  बिधेयक अझ गम्भीर प्रकारको राष्ट्रघाती रहेको बताए । यसले भाञ्जाभाञ्जीले पनि सहजै नागरिकता पाउने ब्यवस्था गर्न थालेकाे गम्भीर सन्देह प्रकट गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बाेल्दै बरिष्ठ अधिबक्ता  एकराज भण्डारीले राष्ट्रियताका सवालमा नेपाल गम्भीर मोडमा उभिएको बताए ।   भण्डारीको भनाइ थियो – “नेपालमा भएका देशभक्त सहि  वामपन्थी  शक्तिहरु  एक ठाउमा उभिएर राष्ट्रघाती नागरिकता बिधेयक खारेज गराउन लाग्नु पर्छ । म आफू पनि त्यही ठाउमा उभिनेछु  ।“

अन्तरक्रिया कार्यक्रममा आफ्नो बिचार राख्दै पुष्पलाल अध्ययन समाजका अध्यक्ष   लोककृष्ण  भट्टराईले देउवा , प्रचण्ड  र केपिले कट्टु लाएर अमेरिकाको दलाली गरेको भन्दै  तिनलाई अब एउटै पार्टी बनाउन सुझाब दिए ।

Bidheyakgosthi.jpg

 अन्तरक्रिया  कार्यक्रममा  फ्लोर बाट राम बहादुर बुढा , नारायण  सापकोटा , प्रकाशचन्द्र ढकाल र नारायण  प्रसाद धिमाल लगायतले  बिचार ब्यक्त गरेका थिए । कार्यक्रममा सबै दलका नेता तथा कार्यकर्ताहरुको  सहभागिता रहेको थियो ।

इच्छुक  प्रतिष्ठानको सभाहलमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा  धन्यवाद  मन्तव्य  माओवादी  कम्युनिस्ट  पार्टी नेपालका नेता पासाङ्ग मोक्ताङले राखेका थिए ।