शनिबार, आश्विन १७ गते २०८३

मंसीर २ मा प्रतिनिधि र प्रदेश सभाकाे निर्बाचन गर्न आयाेगकाे सिफारिस

आषाढ २२, २०७९ बुधबार
मंसीर २ मा  प्रतिनिधि  र प्रदेश सभाकाे  निर्बाचन  गर्न आयाेगकाे सिफारिस

काठमाडौं । आज निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेगरी सरकारसमक्ष मिति सिफारिस गरेको खबर छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बुधबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आउँदो २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न मिति सिफारिस गरेको हो ।

 

‘आज प्रमुख आयुक्तसहितको टोलीले प्रधानमन्त्रीज्यूलाई भेटेर एकै चरणमा मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न मिति सिफारिस गरेको ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले न्युज कारखानासँग भनेका हुन् ।

जवाफमा प्रधानमन्त्री देउवाले २ मंसिरकै सेरोफेरोमा रहने गरी उपयुक्त समयमा उपयुक्त मिति घोषणा गर्न बताएका पनि उनले जानकारी दिए ।

आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ भने निर्वाचन गराउन आयोगलाई तयारीका लागि १२० दिन आवश्यक पर्नेछ । यसबारे पनि आयोगको टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

11111111111-.jpg22222222222-.jpg