शनिबार, आश्विन १७ गते २०८३

पाँच कम्युनिष्ट घटक र माेर्चाले सातै प्रदेशमा असार २७ गते बिराेध प्रदर्शन गर्ने

आषाढ १७, २०७९ शुक्रबार
पाँच कम्युनिष्ट घटक र माेर्चाले सातै प्रदेशमा असार २७ गते बिराेध प्रदर्शन  गर्ने

काठमाण्डाै । मलखादकाे चर्को अभाव र पेट्रोलिय पदार्थ तथा दैनिक उपभोगका नभइनहुने दैनिक  बस्तुहरूमा भइरहेको चौतर्फी मूल्य बृद्धिका बिरुद्ध संयुक्तरुपमा संघर्षरत ५ कम्युनिष्ट घटकहरु र एक मोर्चाले आगामी २०७९ असार २७ गते देशका सातै प्रदेशका राजधानीमा थप बिरोध प्रदर्शन र बिरोध सभा गर्ने निर्णय गरेका छन् । ती घटकहरुको काठमाण्डाैमा संयुक्त बैठकले बिराटनगर, जनकुपुर, काठमाण्डौ, पोखारा बुटवल, सुर्खेत र धनगढीमा यो बिरोध प्रदर्शन र सभा गर्ने यो संयुक्त निर्णय लिएको हो ।

jointstatement.jpg

बैठक पछि प्रकाशित संयुक्त बिज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदी, नेपाल कम्युनिष्ट पार्टी(बहुमत)का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन, नेपाल कम्युनिष्ट पार्टी(मसला केन्द्रिय समन्यय समिति)क नेता सन्तबहादुर नेपाली,नेकपा(क्रान्तिकारी माओबादी)का नेता पवनमान श्रेष्ठ,  माओबादी कम्युनिष्ट केन्द्र, नेपालका नेता पासाङ्ग मोक्तान, र संयुक्त क्रान्तिकारी मोर्चाका नेता नारायण शर्माले हस्ताक्षर गर्नु भएको छ । 
बक्तब्यमा महगी र मलको अभाव समस्याका अतिरिक्त नागरिकता समस्या, बढ्दो बैदशिक हस्तक्षेप र स्वाधीनताका समस्यहरु समेतका मुद्दा उठाएर आन्दोलनलाई अझ ब्यापक बनाउने निर्णय गरेको छ । यी मागहरुसँग सहमत अन्य संसदबाद बिरोधी घटकहरुलाई पनि आन्दोलनमा सहभागी गराउन प्रयत्न गर्ने समेत बैठकले निर्णय लिएको बताइएको  छ ।