शुक्रबार, कार्तिक ७ गते २०८३

 अन्तरार्ष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले ठेकेदारले मल ल्याउन सकेनः मन्त्री यादव

आषाढ १५, २०७९ बुधबार
 अन्तरार्ष्ट्रिय  बजारमा भएको  मूल्यवृद्धिले  ठेकेदारले मल ल्याउन सकेनः मन्त्री यादव

 अन्तरार्ष्ट्रिय  बजारमा मलको मूल्यवृद्धि भएका कारण ठेकेदारले मल ल्याउन नसकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले बताएका छन् ।

 राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा बोल्दै  उनले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको  बताए ।

 अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धि भएका कारण सरकारले ठेक्का लगाउँदा पनि ठेकेदारहरु नआउने समस्या भएको बताए । ठेकेदारले समयमा कहिल्यै मल ल्याउन नसकेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने  भन्नेमा छलफल भइरहेको उनले बताए । उनले धानको उत्पादन बढाउन यान्त्रिकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्यको निर्धारण गर्नु आवश्यक रहेको उलेख्य गरे।

मन्त्री यादवले प्रत्येक पालिकाहरुमा एक जना बिएस्सी एजी अध्ययन गरेकालाई राख्नसके किसानको खेती प्रणालीलाई परिवर्तन गर्न सकिने भन्दै स्थानीय तहहरुले त्यसो गर्नुपर्ने बताए ।