बुधबार, भाद्र ३ गते २०८३

एक दशकमा चीनको कूल आर्थिक मात्रा ५३९ खर्ब युआनबाट बढेर ११४४ खर्ब युआन पुग्याे

आषाढ १४, २०७९ मंगलबार
एक दशकमा चीनको कूल आर्थिक मात्रा ५३९ खर्ब युआनबाट बढेर ११४४ खर्ब युआन पुग्याे
विगत १० वर्षमा चीन : दाेब्बरभन्दा बढीले बिकासमा बृध्दि
 
विगत दश वर्षमा चीनको कुल आर्थिक मात्रा सन् २०१२ को ५३९ खर्ब चिनियाँ युआनबाट सन् २०२१ मा ११४४ खर्ब युआन पुगेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागले  आज जून २८ तारिखका दिन आयोजना गरेको "विगत १० वर्षमा चीन" भन्ने शृङ्खलाबद्ध पत्रकार सम्मेलनमा याे महत्वपूर्ण  जानकारी दिइएको हो। सो पत्रकार सम्मेलनमा चीन राष्ट्रिय विकास तथा सुधार आयोगका उपनिर्देशक चाउ छेनसिन लगायतका पदाधिकारीहरूले नयाँ विकास अवधारणा र उच्च गुणस्तरीय विकासको प्रवर्द्धनको पूर्ण, सटीक र व्यापक जानकारी दिनुभएकाे थियाे ।

पत्रकार सम्मेलनमा जनाइएको छः विगत दश वर्षमा चीनको आर्थिक शक्तिले नयाँ उचाइमा फड्को मारेको छ। उच्च गुणस्तरीय विकासतिर मोड्ने क्रममा निरन्तर आविष्कार र समष्टिगत नियन्त्रणको सुधारमार्फत् चीनको आर्थिक विकासमा उचित वृद्धि कायम रहिरहेको छ साथै स्थिररूपमा गुणस्तरीय सुधार पनि भइरहेको छ। यस क्रममा चीनमा प्रतिव्यक्तिको जीडीपी ६,३०० बाट १२,००० अमेरिकी डलर पुगेको छ र विश्व अर्थतन्त्रमा चिनियाँ अर्थतन्त्रको अनुपात ११.३ प्रतिशतबाट १८ प्रतिशत भएको छ।

साथै चीनमा नवीन देशको निर्माण क्रममा पनि उपलब्धिमूलक नतिजा हासिल गरिएको छ। सन् २०२१ मा चीनको आविष्कार सूचकाङ्क विश्वको १२औँ स्थानमा पुगेको छ र केही महत्त्वपूर्ण क्षेत्रहरूमा ऐतिहासिक फड्को मारेको छ। यसरी चीन द्रूत गतिमा उच्चतर चाैतर्फी बिकासकाे बाटाेमा तीब्रतर गतिमा लम्किरहेकाे छ ।