शनिबार, आश्विन १७ गते २०८३

अखिल नेपाल बिद्यार्थी यूनियनको भेला सम्पन्न २१ सदस्यीय केन्द्रिय समिति, १५ सदस्यीय परिषद गठन

आषाढ १३, २०७९ सोमबार
अखिल नेपाल बिद्यार्थी यूनियनको भेला सम्पन्न २१ सदस्यीय केन्द्रिय समिति, १५ सदस्यीय परिषद गठन

अखिल नेपाल बिद्यार्थी यूनियनको राष्ट्रिय भेला काठमाण्डौमा सम्पन्न भएको छ । अनेबियूका अध्यक्ष सन्देश भटराईद्वारा  प्रकाशित प्रेस विज्ञप्तिका अनुसार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले तालीकाे गडगडाहटका बीच भेलाको उद्घाटन गर्नुभएको थियो ।

भेलाले २१ सदस्यीय केन्द्रिय समिति र १५ सदस्यीय राष्ट्रिय परिषदको चयन गरेको छ । केन्द्रिय समितको अध्यक्षमा सन्देश भटराई, उपाध्यक्ष सहबाज खान र रोहित कोइराला, महासचिव बिमल शर्मा, सचिवमा उमेश भट्ट र सदस्यहरुमा निरोज ढुंगेल, कुमार पाठक, सुबास ओली, रङ्ग साउद, शुशान्त सेढाई र एमन सइद लगायत हुनुहुन्छ । विभिन्न जिल्लाबाट रिक्त रहेका सदस्यहरुको परिपूर्ति गरिदै जाने निर्णय भेलाले दिएको छ । परिषद सदस्यमा श्रमिक रोक्का, अञ्जेश श्रेष्ठ, रोशन कट्टेल,सुरेश भण्डारी, कुलदीप यादव, आरम्भ साउद, पासाङ शेर्पा, बिक्रम परियार, प्रज्वल शेर्पा, मनोज ढुंगाना, चन्द्र प्रकाश भण्डारी, दिनेश भण्डारी, प्रकाश ढकाल र सुरज आचार्य रहनु भएको छ ।

विद्यार्थी भेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष सुवेदीले आफ्नो पढाईका साथै क्रान्तिकारी र सचेत बिद्यार्थी समुदायले शैक्षिक, अस्तब्यस्थता र आराजकता,  देश र जनतामाथिका पीर मार्काहरु, बाह्य हस्तक्षेप ,समाजका विकृति र विसंगतिहरु, मँहगी भ्रष्टाचार, मूल्यवृद्धि आदिका विरुद्ध जोडदार आवाज उठाउन अग्रसर हुनु पर्नेमा जोड दिनुभएको थियो ।

bidyarthi3.jpg

पार्टीका सचिव  तथा बागमती प्रदेशका अध्यक्ष डा. महेन्द्र जोशीले बिद्यार्थीहरुले सही शिक्षा र ज्ञान पाएर देश र समाजको सेवा गर्न सक्षम र तत्पर हुनु पर्ने कुरामा जोड दिनु हुँदै अध्ययनलाई गहिरो र उपलब्धीमूल बनाउदै देश परिबर्तनका लागि संघर्षशील हुनु पनि उत्तिकै आवश्यक छ भन्नु भएको थियो ।

पार्टीका कोषाध्यक्ष तथा अखिल नेपाल महिला यूनियनका अध्यक्ष सीता सुबेदीले सचेत र संघर्षशील बिद्यार्थीहरु किसान, मजदुर, महिला लगायत हेपिएका थिचिएमा मिचिएका बर्ग र समुदायको हक हितमा आवाज उठाउन र संघर्षशील हुनुपर्ने कुरा औंल्याउनु भएको थियो ।

रोहित कोइरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सन्देश भटराइले गर्नु भएको थियो भने स्वागत सुशील ढुंगाना र धन्यबाद ज्ञापन कुमार पाठकले गर्नु भएको थियो ।

bidyarthi2.jpg

नवनिर्वाचित कार्य समितिलाई पूर्व अध्यक्ष दीपनारायण पाठकले सफलताको शुभकामना दिदै रचनात्मक मस्तिष्क र कौशलतापूर्ण हात भएका बिद्यार्थी बनाउने काम अखिल नेपाल विद्यार्थी यूनियनले गर्दछ र गर्नु पर्दछ भन्नु भयो ।

शुभकामनाकै क्रममा पूर्व महासचिव हरिबोल खत्रीले बिद्यार्थी संगठन क्रान्तिकारी सिद्धान्त, बिचार, नीति र चरित्रले सुसज्जित भएमा मात्र देश र समाजको निमित्त योगदान दिन सक्छ भन्दै त्यो दिशामा लाग्न बिद्यार्थीहरुलाई सल्लाह दिनु भएको थियो । 

पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले नवनिर्वाचित केन्द्रिय समिति तथा परिषदका सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुहुँदै अबिर लगाइदिनु भएको थियो ।

भेलाले शिक्षा क्षेत्रका बिसंगतिहरु, महँगी, भ्रष्टाचार, मलको अभाव, तथा बाह्य हस्तक्षेपका बिरुद्ध सशक्त आवाज उठाउने र संघर्षशील बन्ने निर्णयहरु पनि पारित  गरेको छ ।