शनिबार, आश्विन १७ गते २०८३

कर कटौति गरेपछि इन्धनको मूल्य केही घट्यो 

आषाढ ११, २०७९ शनिबार
कर कटौति गरेपछि इन्धनको मूल्य केही घट्यो 

काठमाडौँ । चर्कोरुपमा लगाइएको कर घटाएर  सरकारले पेट्रोलियम पदार्थको मूल्यमा केही कम गरेको छ । आज शनिवार बसेको मन्त्रीपरिषद् बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्याण गरेको हो । 

यस सम्वन्धमा उद्योग तथा आपूर्ति मत्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री दिलेन्द्र बडूले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको जानकारी दिए । उनले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए । सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा भने कुनै कमी नआएको उनले बताए । अब पेट्रोल एक लिटरको १७९ र डिजेल १६३ रुपैयाँ पुगेको छ। 

यस अघि नेपाल आयल निगमले असार ४ गते आइतबार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। सो समयमा निगमले एकैचोटी पेट्रोलमा २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँले बढाएको थियो। सर्बत्र मूल्य वृद्धिको चर्को विरोध भइरहेको थियो।

चर्काे बिरोधसँगै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको बताइएको थियो ।