शनिबार, आश्विन १७ गते २०८३

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे पत्नी शोभा प्रधानको निधन

आषाढ ८, २०७९ बुधबार
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे पत्नी शोभा प्रधानको निधन

भक्तपुर । नेपाल मजदुर  किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे .(रोहित) पत्नी शोभा प्रधानको आज निधन भएको छ । उहाँ स्तन क्यान्स रोग लागेर उपचाररत हुनुहुन्थ्यो ।

narayanman-bijukchhe.jpg

नारायणमान बिजुक्छे (राेहित)

                                                                                       
 पहिला पनि क्यान्सर लागेर बिचमा निको भएको तर फेरि बल्झिएकाे बताइएकाे छ । उहाँकाे हरिसिद्धी स्थित नेपाल क्यान्स अस्पतालमा उपचार भइरहेकोमा आज दिउसाे निधन भएको बताइएको छ । उहाँका दुइ छोरा सुवेग र सुवान  छन् । सुवान अस्ट्रलियामा रहेकाले उनी आएपछि अन्तिम संस्कार गरिने बनाइएको छ ।


पत्नी शोकमा पर्नु भएको बयोबृद्ध  नेता कमरेड नरायणमान बिजुक्छे तथा शोक सन्तप्त उहाँको परिवारप्रति गहिराे समबेदना ब्यक्त गर्दै देहाबसान भएकी शोभा प्रधानमा हार्दिक श्रद्धाञ्जली !