बुधबार, भाद्र ३ गते २०८३

कपिलबस्तुमा एक दिने नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

आषाढ ८, २०७९ बुधबार
कपिलबस्तुमा एक दिने नि:शुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

सहबाज खाँन 


तौलिहवा,कपिलबस्तु । 

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजको प्राविधिक सहयोग,सिर्जनशिल समाजिक बिकास केन्द्रको आयोजना र मायाँदेबी गाउँपालिका वडा नंं. ३ को आर्थिक सहयोगमा मायाँदेबी गाउँपालिकाको फुलिका स्वास्थ्य चौकीमा एक दिने नि:शुल्क आँखा जाँच कार्यक्रम हिजाे सम्पन्न भएको छ । 

Nerasibir.jpg
आँखा जाँच कार्यक्रममा २१८ जनाको आँखा जाँच गरिएकोमा ३४ जना मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएको नेत्र सहायक सरीता परियारले बताए । शल्यक्रिया गर्नुपने बिरामीहरुलाई यही असार ८ गने अस्पतालमा ल्याई नि:शुल्क शल्यक्रिया गरिने अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए ।

Nertasibir4.jpg
त्यस अवसरमा मायाँदेबी गाउँपालिका अध्यक्ष बलिउद्दीन मुसलमान,उपाध्यक्ष सरस्वती यादव, ३ नम्बरका वडा अध्यक्ष शैलेन्द्र कुमार यादव,सिर्जशील सामाजिक बिकास केन्द्रका अध्यक्ष बालकुमारी अधिकारी,धनकला न्यौपाने लगायतको सहभागिता रहेको थियो । 

netrasibir2.jpg

आँखा जाँच कार्यक्रममा आवश्यकता अनुसार बिरामीहरुलाई नि:शुल्क औषधि समेत वितरण गरिएको थियो । सो अवसरमा नेत्र सहायक द्धय सरीता परियार र चन्द्रकला अर्याल,बिजय पुन,निशा भुसाल लगायतको प्राविधिक टोलीले सेवा दिएको थियो ।