महिलालाई बस्तुमा परिणत गर्ने सुन्दरी प्रतियोगिता बिरूध्द हिजो बिभिन्न सात महिला संगठनले सुन्दरी प्रतियोगिता सञ्चालन गरेको ललितपुर गोदाबरीमा पुगेर बिरोध जनाए । उनीहरूले त्यहाँ महिला माल होइन, मानब हो, यौन हिंसा बन्द गर, कथित सुन्दरी प्रतियोगिगता खारेज गर, पीडति मिहलालाई न्याय दे लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा अनेमंसघका तर्फबाट ऋतु पौडेल, अखिल नेपाल महिला यूनियनका तर्फबाट सीता सुबेदी, अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को तर्फबाट शारदा महत र अर्र्को अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को तर्फबाट बन्धु चन्दहरुले बोल्दै महिलाहरुलाई बजार र बिज्ञापनको बस्तु बनाएर उनीहरुको अपमान गर्ने, उत्पीडन गर्ने र महिलाहरुको अस्मितामाथि खेलबाड गर्ने दुष्कार्यलाई सुन्दरी प्रतियोगिताको नाममा यौन हिंसालाई बढावा दिने काम गरेको गम्भीर आरोप लगाएका थिए ।

उनीहरुको महिलाको श्रम, सीप, दक्षता, निपुणता र योग्यतालाई होइन उनीहरुको शरीरलाई सुन्दरताको मापन बनाएर महिला उत्पीडनलाई निरन्तरता दिने काम भइरहेको उल्लेख गरेका थिए । न्दरी प्रतियोगिता आयोजकले यसको आयोजना गर्ने र प्रगतिशील महिला संगठनहरुले त्यसको निरन्तर बिरोध गर्ने परम्परा लामो समयदेखि चल्दै आएको छ । महिलामाथिको सामन्ती र पूँजीवादी शोषण उत्पीडन नहटेसम्म यो बिरोधको आन्दोलन जारी रहने महिला नेतृहरुले बताउदै आएका छन् ।
