शनिबार, आश्विन १७ गते २०८३

महिला स्वास्थ्य स्वयंसेविका : प्राथमिक आँखा उपचार तालिम

आषाढ ४, २०७९ शनिबार
महिला स्वास्थ्य स्वयंसेविका : प्राथमिक आँखा उपचार तालिम

शहबाज खाँन 

चन्द्रौटा,कपिलबस्तु । 

कपिलबस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. १,२ र ५ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई एकदिने प्राथमिक आँखा उपचार तालिम दिइएको छ । वडा नं. १ का ८ जना,२ का ५ जना,५ का ९ जना र शिवराज नगरपालिका कार्यालय,स्वास्थ्य शाखाको तर्फबाट १ जना गरी २३ जनालाई हिजाे प्राथमिक आँखा उपचार तालिम दिइएको हो  । 


नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल,बहादुरगंजको आयोजना र दातृ निकाय नर्बेजियन नेत्रहीन तथा अल्पदृष्टियुृक्त संघ,नर्वे (एन.ए.बी.पी.,नर्वे) को आर्थिक सहयोगमा आयोजना गरिएको तालिमका सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरुले यो तालिम आफुहरुको लागि नयाँ भएको र तालिममा सिकेका सिपहरुलाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । तालिममा लक्ष्मी उपाध्याय,पार्वती सापकोटा र लक्ष्मी हमालले समाजमा रहेका आँखाका बिरामीहरुलाई आँखा अस्पतालसम्म पठाई आँखा उपचार सेवामा सहयोग गर्ने बताए । 

Akhavolunteer.jpeg
समाजका मानव समुदाय र विशेषगरी आमा समुहलाई स्वस्थ्य बानीव्यवहार,सुरक्षित मातृत्व,बाल स्वास्थ्य,परिवार नियोजन र अरु समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धनका क्षेत्रमा कार्य गर्दै आइरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई शरीरका मुख्य पाँच ज्ञानेन्द्रियहरु मध्ये आँखा जस्तो संवेदशिल अंगको सुरक्षा,बचाउ र प्रेषण प्रणालीलाई बढावा दिनको लागि  तालिमको आयोजना गरिएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माले प्रष्ट पारेका थिए । 
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजका चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रशिक्षक  ओपेन्द्र चन्द रहनु भएको थियो । कार्यक्रमको संचालन प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गरेका थिए ।