शनिबार, आश्विन १७ गते २०८३

अमेरिकी सैन्य गुटमा नलाग्न र किसानलाई तुरुन्त मलखाद उपलब्ध गराउन किसान नेताहरुको जोडदार माग

आषाढ २, २०७९ बिहीबार
अमेरिकी सैन्य गुटमा नलाग्न र किसानलाई तुरुन्त मलखाद उपलब्ध गराउन किसान नेताहरुको जोडदार माग


काठमाडौँ । अखिल नेपाल किसान यूनियन समेत चार किसान सङ्गठनले धान रोप्ने समयमा समेत आवश्यक मल, बिउको व्यवस्था गर्न नसकेकोमा घोर बिरोध गर्दै किसानलाई तत्कालै मल, बिउ उपलब्ध गराउन  माग गरेका छन् । उनीहरुले मल उपलब्ध नहुँदा धान बालीमा आउने ह्रासको क्षतिपूर्ति दिन समेत जाडदार माग गरेका छन् ।
त्यसैगरी नेपालाई अमेरिकी सैनिक गुटबन्दीमा सामेल गराउन  बढ्दो अमेरिकी सैनिक गतिबिधिको समेत घोर बिरोध गर्दै नेपालको परराष्ट्र नीतिकाक बिपरीत देशकाके स्वाधीनता र सार्बभौमिकता बिरुद्ध यस्ता सैन्य गुटमा लागेर नेपाललाई शक्ति राष्ट्रको क्रिडास्थल बनाउन नहुने कुरा औंल्याएका छन् ।

२०७९ असार १ गत प्रकाशित संयुक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ :

अखिल नेपाल किसान महासङ्घ (अप्फा) का भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको प्रेसवक्तव्यमा रहेको पूर्ण पाठ यस्तो छ :

“हामी चार किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (अप्फा), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान सङ्घ देशका किसान र सम्पूर्ण जनसमुदायले गम्भीर रूपमा ब्यहोर्नुपरेका दुई महत्त्वपूर्ण समस्यामा सरकारको तत्कालै ध्यान पुगोस् र समस्या समाधान गरियोस् भन्ने जोडदार माग गर्दै अन्यथा सङ्घर्षमा उत्रनबाहेक अरू कुनै विकल्प नरहेको यथार्थ दर्शाउँछौँ ।

१. राज्यले धानबाली जस्तो कृषि क्षेत्रबाट २२ प्रतिशत जी.डी.पी. दिने बाली लगाउने बेलामा मल अभावको हाहाकार खडा गरेर किसानलाई पार्ने र कृषि उत्पादनमा ह्रास आउने र किसानको लगानीसम्म पनि नउठ्ने समस्या खडा गरेकाले त्यसको घोर विरोध गर्दै जुनसुकै उपायबाट तत्काल किसानलाई मल उपलब्ध गराउन जोडदार माग गर्दछो । बर्सेनि दोहोर्याइने यस्ता किसानमारा गतिविधिको तीव्र निन्दा र भत्र्सना गर्दछौँ र समयमै मल, बिउको आपूर्ति नगरेर किसानलाई पुग्ने क्षतिको हर्जानासहित क्षतिपूर्ति प्रदान गर्न सरकारसँग जोडदार माग गर्दछौं ।

वर्षैपिच्छे मलको हाहाकार सिर्जना गर्ने र किसानलाई दु:ख दिने सरकारको अस्वीकार्य र अमान्य कृयाकलाप, किसानप्रतिको निरन्तरको उपेक्षा तथा मल खरिदमा कमिसन र त्यसको मोलतोलको अवाञ्छित भूमिका रहेको सर्वत्र उजागर भइसकेको छ । अत: समयमै आवश्यक मल, बिउको आपूर्ति गर्न, प्राङ्गारिक तथा जैविक मलको व्यवस्था गर्न र गुणस्तरीय मल, बिउको ठोस वैकल्पिक व्यवस्था गर्न पुन: हामी जोडदार माग गर्दछौँ र सरकारले मल आपूर्ति नगरे सङ्घर्षमा उत्रिन किसान समुदायमा आग्रह गर्दछौँ ।

२. संसद्वादी मूलधारका दलहरूले देशको सार्वभौमिकता र स्वाधीनताको अपमान गर्ने र नेपाललाई अमेरिका अधिनस्थ तुल्याउने एम.सी.सी. जस्तो घोर राष्ट्रघाती सम्झौता संसद्बाट कथित व्याख्यात्मक टिप्पणीको टालोले छोपेर अनुमोदन गरेपछि अहिले नेपालमा अवाञ्छित अमेरिकी सैनिक गतिविधि बढेका छन् र नेपाललाई यसको असंलग्नता र पञ्चशीलमा आधारित परराष्ट्र सम्बन्धबाट स्खलित तुल्याएर अमेरिकी सैन्य गुटमा घिस्याउने गतिविधि तीव्र भएका छन् । हामी यस्ता नेपाललाई विश्व शक्तिविशेषको सैन्य गुटमा फसाउने षड्यन्त्रको कडा विरोध जनाउँछौँ । सरकारले नेपाल र नेपालीलाई शक्तिराष्ट्रका टक्करको अवाञ्छित अखडा बनाउने कृयाकलापको हामी जोडदार विरोध गर्दै सम्पूर्ण नेपाली जनसमुदायलाई बाह्य हस्तक्षेपको विरुद्ध खडा हुन पनि जोडदार आग्रह गर्दछौँ ।”

charkisan2.pdf :To download file click here