शनिबार, आश्विन १७ गते २०८३

भूकम्पको धक्का उपत्यका र आसपासका क्षेत्रमा अनुभव

जेठ २८, २०७९ शनिबार
भूकम्पको धक्का उपत्यका र आसपासका क्षेत्रमा अनुभव

राष्ट्रिय भूकम्प मापन केन्द्रले  भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर शनिबार  राती २:३६ बजे  ४.७ म्याग्निच्युडको भूकम्प गएको  जनाएको छ । भूकम्पको  उपत्यकाका तीन वटै जिल्लाका साथै काभ्रे,सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा समेत धक्का महसुस भएको जनाएको छ। २०७२ साल बैशाख १२ गते गएको महाभूकम्पको पराकम्पकै क्रम हो कि यो नयाँ भूकम्प हो ? 
भूकम्प आएको बेला कुकुरहरु जोड जोडले भूककेको र चराचुरुड्ी कराएको पनि सुनिएको धेरैले उल्लेख गरेका छन् ।