शनिबार, आश्विन १७ गते २०८३

जिल्ला समन्वय समिति बागलुङमा गठबन्धनका थापा र शर्मा लगायत सर्वसम्मत 

जेठ २७, २०७९ शुक्रबार
जिल्ला समन्वय समिति बागलुङमा गठबन्धनका थापा र शर्मा लगायत सर्वसम्मत 

press-r_1.jpg
सीताराम थापा
जिल्ला समन्वय समिति बागलुङको प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमर थापा र उपप्रमुखमा नेकपा एकीकृत (समावादी)का होमनाथ शर्मा चयन हुनु भएका छन् । दुबै पांच दलीय सत्ता गठबन्धन बाट सर्वसम्मत चयन भएका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार सत्ता गठबन्धनका उम्मेदवारबाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि प्रमुख र उपप्रमुख सहित ९ जना सदस्य पनि सर्वसम्मत चयन भएका छन। महिला सदस्यमा नेपाली कांग्रेसको तर्फबाट हरिकला पौडेल, माओवादी केन्द्रका जशोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएकी धनकुमारी खत्री सर्वसम्मत चयन भए ।

baglungjill.jpg
अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसको कौशीला देबी वि.क. र खुल्ला सदस्यतर्फ माओवादी केन्द्रका हर्कबहादुर पाण्डे, कांग्रेसबाट टेक बहादुर अर्गेजा र पदम बहादुर क्षेत्री पनि सर्वसम्मत निर्वाचित भए ।

बागलुङमा एउटा मात्रै प्रमुख जितेको नेकपा एमालेले कुनैपनि पदमा उमेद्वारी नदिएपछि सत्ता गठबन्धनमा रहेका दलहरुका बिचमा भएको सहमति अनुसार उमेद्वारी दिएका सबै सर्वसम्मत निर्वाचित भएका जनाईएको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वसम्मत चयन भएका सबैलाई निर्वाचनको प्रकृया पुरा गरेर घोषणाको तयारी गरिरहेको सापकोटाले बताए ।

Jillabikasbaglung.jpg

सत्ता गठबन्धनमा भएको सहमती अनुसार प्रमुख राजमो र उपप्रमुख नेकपा एसलाई पहिले नै परेको थियो।  तर नेकपा एसका सचिवालय सदस्य होमनाथ शर्मा लगायत सदस्यहरु सहमतिमा अन्य दलको चुनाब चिन्ह लियर लडेकाले प्राबिधिक रुपमा सम्बन्धित दलबाटै   जिससमा पनि उठेको अभिलेख रहने निर्वाचन कार्यालयले जनाएको छ।