नेपाल आयल निगमले आज जेठ २७ गते मध्यरात अर्थात् गएकाे बिहानको १२ बजेदेखि लागु हुने गरी दैनिक उपयोगमा आउने इन्धनमा पुन: मूल्य बृद्धि गरेको छ। जस अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको छ । १७० रुपियाँमा एक लिटर पाइने पेट्रोलको मूल्य अब १७८ रुपियाँ पुगेकाे छ । त्यसरी नै डिजेल र मट्टी तेलको मूल्यमा पनि प्रति लिटर १२ रुपियाँ बढाएको छ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १६५ रुपियाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।
केही दिन अघिको बजेट भाषणमा कर समायोजन गरेर इन्धनधको मूल्य घटाइने कुरा अर्थमन्त्रीले गरेका थिए । तर एलपी ग्यास र हवाइ इन्धन बाहेक अरु सबैमा यसरी फेरि मूल्य बृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ ।
