नेपाल राष्ट्र बैंकले राष्ट्रपति तथा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीको बैंक खाता निगरानी गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्ने सम्बन्धि एकीकृत निर्देशिका संसोधन गर्दै उच्च पदस्त अधिकारीको खातालाई विशेष निगरानीमा राख्न निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाले स्वदेशी तथा विदेशी उच्चपदस्थ व्यक्तिको खाताको नियन्त्रण गर्नपर्ने उल्लेख छ। बैंक तथा वित्तीय संस्थाले राष्ट्रपति तथा प्रधानमन्त्री सहित संसद सदस्य, संवैधानिक निकायका प्रमुख तथा उच्च सरकारी कर्मचारीको खाता निगरानीमा गर्नुपर्नेछ ।
ऐनले उच्च पदस्थ व्यक्ति भन्नाले स्वदेशी उच्चपदस्थ व्यक्ति, विदेशी उच्च पदस्थ व्यक्ति वा अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति सम्झनु पर्छ र सो शब्दले नेपाल सरकारले राष्ट्रिय समन्वय समितिको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको वर्गको व्यक्ति समेतलाई जनाउँछ ।
यस्तै कम्पनीको नाममा भइरहेका कारोबारमा वास्तविक खातावाल धनी तथा कम्पनीमा निर्देशन दिनसक्ने अधिकारीको खाता समेत निगरानीमा राख्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ।
वास्तविक धनी भन्नाले ग्राहक, कारोबार, सम्पत्ति, कानुनी व्यक्ति वा कानुनी प्रबन्ध उपर प्रत्यक्ष वा अप्रत्यक्ष ारुपमा स्वामित्व हुने, नियन्त्रण राख्ने, निर्देशन दिन वा प्रभाव पार्न सक्ने अन्तिम हिताधिकारी वा धनीको रुपमा रहेको प्राकृतिक व्यक्तिलाई मानिने ऐनमा उल्लेख छ।