काठमाडौं । गए राती खसेको पहिरोका कारण नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडक खण्ड ठप्प भएको छ । चित्तवनको इच्छाकमना गाउपालिका –६ तोपे खोलमा रहेको नाम्पी पुलमा पहिरो खसेर मुग्लिन उताको बाटो बन्द भएको छ भने यता घोप्टेभिरमा ठूलो पहिरो खसेकाले गएराति ११ बजेदेखि नै नौबिसे – मुग्लिन सडक खण्ड ठप्प छ।
पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखिए पनि ठूलो वर्षासँगै पहिरो पनि खसिरहेकाले समस्या भएको मुग्लिङ प्रहरीले जनाएको छ । त्यहाँ अविरल पानी परिरहेको छ र ठूलाठूला ढुङ्गासहित पहिरो खसिरहेको छ ।
पानी पनि ठूलो परिरहेकाले पहिरो हटाउन सकिएको छैन । पानी पर्न रोकिएपछि मात्रै पहिरो हटाउन थाल्ने उनले बताए । ठूलो पहिरो खसेपछि यो सडक खण्ड हुँदै चल्ने गाडीलाई नाका नाकामै रोकिएको छ ।

काठमाडौंको कलङ्की, थानकोट र नागढुङ्गामा गाडी रोकिएको छ भने मुग्लिन र नारायणगढमा पनि गाडी रोकिएको छ । यस्तै, पोखराबाट काठमाण्डौ छुट्ने गाडीलाई पनि उतै रोकेको प्रहरीले जनाएको छ ।
यस्तै, गएराति नै चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा रहेको नाम्सी पुलमा पहिरो खसेपछि मुग्लिन –नारायणगढ सडक पनि बन्द भएको छ । रातिदेखि नै सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।