शनिबार, कार्तिक ८ गते २०८३

चीनले अन्तरिक्ष स्टेशन निर्माणका लागि तीन अन्तरिक्ष यात्री पठायो 

जेठ २३, २०७९ सोमबार
चीनले अन्तरिक्ष स्टेशन निर्माणका लागि तीन अन्तरिक्ष यात्री पठायो 


चीनको अन्तरिक्ष यान ६ महिनाको मिशनमा आफ्नो निर्धारित कक्षमा पुगेकाे छ । पृथ्वीको चक्कर लगाइरहेको चीनको अन्तरिक्ष स्टेशन निर्माण कार्य पूरा गर्नका लागि तीन अन्तरिक्ष यात्रीहरुको एउटा समूहलाई ६ महिनाको मिशनका लागि हिजो सफलतापूर्वक अन्तरिक्षमा पठाएकाे हाे ।

ती तीन अन्तरिक्ष यात्रीहरुमा चेन दोङ्ग, लियू याङ्ग र काई सुझेकाक साथ सेनझाओ – १४ अन्तरिक्ष यानलाई उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट हिजो प्रक्षेपित गरेको थियो । प्रक्षेपणको केही मिनेट पछि नै पृथ्वीमा रहेको नियन्त्रण कक्षका अधिकारीहरुले यो मिशन सफल भएको घोषणा गरे र त्यो अन्तरिक्ष यान आफ्नो निर्धारित कक्षमा पुगेको बताए ।

Chinasapace.jpg

तियानयोङ्ग अन्तरिक्ष स्टेशन निर्माण कार्य पूरा गर्नका लागि ती तीनै अन्तरिक्ष यात्रीहरुको ग्राउण्ड टिम(पृथ्वीमा तैनाथ गरिएको समूह)लाई सहयोग गर्ने छ । यस स्टेशनलाई एकल मोड्यूल संरचनाबाट तीन मोड्यूल भएको राष्ट्रिय अन्तरिक्ष प्रयोगशालामा बिकसित गरिने बताइएको छ । यसका मूख्य(कोर) मोड्यूल नियनहे र दुइ प्रयोगशाला मोड्यूल बेण्टियन र मेङ्गटियन हुनेछन् ।
चीनमा यो प्रक्षेपणलाई देशभरबाट प्रसारित गरिएको थियो । चीनका मानबयुक्त अन्तरिक्ष एजेन्सी(सीएमएसए)का उप निर्देशक लिन शिकियाङ्गले शनिवार घोषणा गरेका थिए कि यो मिशनले अन्तरिक्ष स्टेशनलाई राष्ट्रिय बेधशालमामा परिणत गर्नेछ । लिनले प्रक्षेपणभन्दा पहिला बताए शेनझोउ – १४ बाट पठाइदै गरेका अन्तरिक्ष यात्रीहरु कोर मोड्यूलसँगै दुइ प्रयोगशाला मोड्यूलको निर्माण कार्य पूरा गर्न ग्राउण्ड टिमसँग मिलेर काम गर्नेछन् । उनीहरु पहिलो पटक दुइ प्रयोगशालमा प्रवेश गर्नेछन् र आफु रहनका लागि अनुकूल बातावरण बनाउने छन् ।

Antarixyayatri.jpg

अन्तरिक्ष स्टेशन बनाउनका लागि दोश्रो पटक यी अन्तरिक्ष यात्रीलाई पठाइएको हो । यसभन्दा पहिला चीनका तीनजना अन्तरिक्ष यात्रीले देशको नयाँ अन्तरिक्ष स्टेशनमा रेकर्ड ६ महिना बिताएर गएको अप्रिलमा सुरक्षित पृथ्बीमा फर्केर आएका थिए । तिनले त्यहाँ अन्तरिक्ष स्टेशनका महत्वपूर्ण हिस्साहरुको निर्माण गरेका थिए । त्यो स्टेशनलाई यो बर्षभरीमा पूर्णता दिने योजना रहेको बताइएको छ । यो अन्तरिक्ष स्टेशनको मूख्य मोड्यूल अप्रिल २०२१ मा प्रक्षेपित गरिएको थियो । यो स्टेशन तयार भए पछि चीन एक मात्र अन्तरिक्ष स्टेशन भएको देश बन्ने छ ।