शनिबार, आश्विन १७ गते २०८३

निःशुल्क प्राप्त रगतकाे मूल्य बढाएकाेमा नेपाल कम्युनिष्ट पार्टीकाे विराेध, मूल्य फिर्ता लिन माग 

जेठ २१, २०७९ शनिबार
निःशुल्क प्राप्त रगतकाे मूल्य बढाएकाेमा नेपाल कम्युनिष्ट पार्टीकाे विराेध, मूल्य फिर्ता लिन माग 

बर्तमान   सरकारले स्वास्थ्योपचारमा नभइनहुने  अत्यावश्यक मानिएको रगतको मूल्य  रु.५२५ प्रतियूनिटबाट बढाएर मूल्य रु.१,६४० पुर्याएकोमा   नेपाल कम्युनिष्ट पार्टीले यसको घोर बिरोध गर्दै  यो बढाइएको मूल्य तत्काल  फिर्ता लिन र पहिलेकै मूल्य कायम गर्न तथा बिपन्न बर्गका जन समुदायलाई आवश्यक सम्पूर्ण रगत नि:शुल्क उपलब्ध गराउर्न  जोडदार माग गरेकाे छ ।

एक बक्तब्य प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षा लाेकनारायण सुबेदीले भनेकाे छ - ब्लोदान जास्ता स्वयंसेवी रक्तदाता संस्थाहरु मार्फत स्वयंसेवी रक्तदातारुले दान दिएको रगत यसरी सरकारले केही करोड रुपैयाको ब्लड ब्याग, ट्रान्स्फ्यूजन सेट लगायतका उपकरणहरुमा अनुदान दिएर नि:शुल्क प्राप्त रगत आवश्यक परेका बिमारीलाई नि:शुल्क  उपलब्ध गराउन पर्नेमा सबैतिर बढेको चर्को मूल्य बृद्धिको बोझमाथि यसरी दोब्बर मूल्यको भार थपेर जनतालाई आच्छु आच्छु पारेको कुरालाई कसैलाई सही ठहराउन सक्तैन । 

बक्तब्यमा थप भनिएकाे छ - स्वास्थ उपचारमा राज्यको दायित्व हुनु पर्ने र जनताको नि:शुल्क उपचारको ब्यवस्था गरिनु पर्ने संबैधानिक ब्यबस्था बिपरीत जसरी पनि निर्धा, निमुखा बिपन्न जनतालाई निचोर्ने यस्तो जन बिरोधी प्रबृत्तिको घोर बिरोध जनाउन आम जन समुदायमा पनि नेपाल कम्युनिष्ट पार्टी जोडदार अपिल गर्दछ ।

blood.jfif