शनिबार, आश्विन १७ गते २०८३

पढाई छुटेका बिद्यार्थीहरु पुन: पढ्न चीन जान पाउने 

जेठ २०, २०७९ शुक्रबार
पढाई छुटेका बिद्यार्थीहरु पुन: पढ्न चीन जान पाउने 

काठमाडौं । नेपाल सरकारले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरू पुन: चीन जान पाउने ब्यवस्था मिलाएको छ।
बिश्वब्यापी कोरोना महामारीका कारण चीनमा अध्ययनरत नेपाली विद्याथीहरु चीनबाट स्वदेश फर्किएका थिए ।  उनीहरू त्यहाँ पुन: पढ्न जान पाउने नपाउने अन्यौल थियो ।  अब त्यो अन्यौल हटेको छ । 
अब शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनका विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीलाई पुन: चीन जाने व्यवस्था मिलाए पछि उनीहरुले आफ्नो अध्ययन पूरा गर्न सक्ने छन् ।
अब कोरोनाका कारण लकडाउनमा परेका २८१ जना नेपाली बिद्यार्थी ो पढाइलाई निरन्तरता दिन उनीहरूलाई ती विश्वविद्यालयमा फर्किने व्यवस्था सरकारले मिलाएको हो ।
चीन फिर्ताका लागि विद्यार्थीहरूले मन्त्रालयको वेबसाइटमा राखिएको गाइडलाइनमा उल्लेखित व्यहोराबमोजिम पुन: भिसा प्राप्तिका लागि निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ।

china-notice.jpg