पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर इन्धनमा गरिएको मूल्य बृद्धि घटाइने सरकारी आश्वासन आश्वासन मै सीमित भएको छ । इन्धनको मूल्य वृद्धि पछि दैनिक उपभाेगका हरेक सामानको मूल्यवृद्धि भएर आम सर्वसाधारण उपभोक्ताको ढाड सेकेको छ । यो समस्यालाई लिएर पछिल्लो पटक अखिल नेपाल बिद्यार्थी यूनियनले पनि सरकारले मूल्यवृद्धि फिर्ता लेओस् भन्ने जोडदार माग गरेको छ ।
यूनियनका अध्यक्ष सन्देश भटराईले जारी गरेकाे बक्तब्यमा भनिएको छ :सरकारले पटकपटक गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारण जनताको ढाड सेक्ने काम गरेको छ । अखिल नेपाल विद्यार्थी यूनियन पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दछ ।
मूल्यवृद्धिको मार प्रत्यक्षरुपमा खासगरी विद्यार्थी, मजदुर, किसान र गृहिणीहरुमा परेको छ । अर्कोतर्फ पेट्रोलियममा भएको मुल्यवृद्धिले सवारीसाधनको भाडादर अचाक्ली बढाउन सहायकसिद्ध भएको छ ।
ढुवानी र यातायात भाडामा जथाभावी वृद्धि भएको । यसले जनतालाई चौतर्फी महँगीको पेट्रोलियम पदार्थको प्रयोगमा लगाइने विविधखाले कर छुट वा करको दायरा घटाएर भएपनि जनतालाई राहत दिइनुपर्नेमा यूनियन विशेष जोड दिन्छ ।
यस्तै अवसरको खोजीमा खाने तेल लगायतका अत्यावश्यक खाद्यपदार्थमा कृत्रिम मूल्यवृद्धि गर्ने तत्वहरु सल्बलाएका छन् । कालोबजारी र कृत्रिम मूल्यवृद्धि गराउनेहरुलाई पनि कारवाहीको दायरामा ल्याई मूल्य नियन्त्रण गर्न अखिल नेपाल विद्यार्थी यूनियन जोडदार माग गर्दछ ।
