काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका क्रममा प्रहरी हिरासतमा हत्यागरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को २१औं स्मृति दिवसका अवसरमा आज शुक्रबार बिहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम गरेर इच्छुकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
क्रान्तिकारी पत्रकार महासङ्घ र अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा विहान काठमाडौंंमा यो प्रभातफेरी गरिएको हो ।
कार्यक्रम रत्नपार्क शान्तिबाटिकाबाट शुरु भएर बागबजार, पुतलीसडक हुँदै पत्रकार सेन मारिएको स्थान प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवको गेटमा पुगेर सम्पन्न गरिएको थियो ।

प्रभातफेरीपछि आयोजित कोणसभामा कबि सेनद्वरा लेखिएका विभिन्न कविताहरु बाचन गरिएको थियो ।
कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रा. डा. जगदिशचन्द्र भण्डारी, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुखी, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष नारायण पंगेनी, प्रगतिवादी साहित्यकार बलराम तिमिल्सिना लगायत बिमिन्न साहितयकर्मी तथा पत्रकारहरुले कृष्ण सेनको योगदानकोबारेमा चर्चा गरेका थिए ।