बुधबार, भाद्र ३ गते २०८३

शिघ्र बन्द होस् अमेरिकाको असमानता र बन्दूक सँस्कृति

जेठ १२, २०७९ बिहीबार
शिघ्र बन्द होस् अमेरिकाको असमानता र बन्दूक सँस्कृति


अमेरिकाको टेक्सास राज्यको एउटा बिद्यालयमा एकजना १८ बर्षका यूवाले गएको मंगलबार १९ जना बिद्यार्थी र दुइजना शिक्षिकालाई गोली हानी हत्या गरे । ती निर्दोष बाल बालिका र शिक्षकलाई यसरी अन्धधुन्ध गोली चलाएर मारिनु घोर अमानीय र क्रूर हत्या हो । कयौं बालबालिकाहरु घाइते तुल्याइएका छन् ।यस घटनाको जति निन्दा गरे पनि कमै हुन्छ । त्यसैले आज अमेरिका जस्तो आफुलाई बिश्वकै सबैभन्दा उन्नत शक्तिशाली मानिने गरेको देशमा यसरी जथाभावी  बन्दूक चलाएर निर्दोष मानिसहरुको हत्या गर्ने कुरा बारम्बार दोहोरिने गर्दै आएको छ । यसले गर्दा अमेरिकाले आज बिवशताको आँशु बगाइरहेको छ । त्यहाँका राष्ट्रपतिदेखि लिएर हरेक राजनीतिकर्मी, समाजशास्त्री तथा सर्ब साधारण मानिसहरुमा पनि चिन्ताग्रसत र शोकाकुल देखिन्छन् ।
 उनीहरु किम कत्र्तब्य बिमूढ भएर अल्मलिएको स्थितिबाट गुज्रिरहेका छन् । जुन गलत र क्रूर घटना यसरी दोहोरिने गरेको छ त्यो कम असभ्य र घातक कुरा होइन । यस्ता घटनालाई कसरी रोक्ने र दोहोरनि नदिने हो कुनै प्रष्ट र दीर्घकाकलीन सोचाई पनि बिकास गर्न सकेको देखिदैन ।हुन पनि अमेरिकामा बन्दूक जस्तो घातक हतियार बजारमा आलु प्याज किने जस्तै किन्न पाइने गरेको छ र यसलाई आत्मरक्षाको लागि भनेर स्वीकार पनि गर्ने गरिएको छ । वस्तुत: यो अमेरिकी बन्दूक सँस्कृतिको अभ्यासकै परिणाम हो । यसलाई रोक्ने ठोस र प्रभावकारी उपाय गरिएन भने यस्तो हत्याकाके अमानबीय शिलशिला फेरि पनि दोहोरिने कुरा बिगतकाक अनुभवहरुले प्रष्ट पारिसरहेका छन् र पारिरहेका छन् ।
 अमेरिकाको टेक्सास राज्यको उबाल्डे शहरकाके रब प्राथमिक बिद्यालयमा गएको पर्बान्हमा करीब ११ बजे निर्मम किसिमले चलेको गोलीले पूरै अमेरिकालाई नाराम्रोसँग हल्लाइदिएको छ । हुन पनि त्यस प्राथमिक स्कूलमा मारिएका बाल बच्चाहरु दोश्रो, तेश्रो र चौथो कक्षासम्म पुगेका स–साना बाल बालिकाहरु थिए । तिनको सरदर उमेर केवल १० बर्षको बीचमा थियो । 

 हमलाकर्ता यूवाको पहिचान साल्भाडोर रामोस भनेर सार्बजनिक गरिएको छ ।ती त्यो प्राथमिक बिद्यालय रहेकै क्षेत्रमा बसोबास गर्ने युवक हुन् भनिएको छ । सञ्चार माध्यमहरुका अनुसार ती युवकले कुनै कुरामा हप्की खाए पछि अहिला आफ्नै हजुर आमालाई गोली चलाएका थिए । त्यसपछि तिनको केही सुरक्षाकर्मी अधिकारीहरुसाँग पनि भनाभन भएको बताइन्छ । त्यस पछि त्यो युवक बिद्यालयमा घुसेर गोली चलाएको देखिन्छ । उससँग ह्याण्ड गन र ए.आर.१५ जस्ता अर्ध स्वचालित राइफल पनि थियो । अनि अर्को आधुनिक मेग्जिन पनि थियो । त्यो हमलाकारी यूवा एक्लै थियो । उ पुलिसँगको गोलावारीमा मारिएको बताइएको छ । 
 जापानमा भएको क्वाड शिखर बार्तामा सरिक भएर स्वदेश फर्केका अमेरिकी राष्ट्रपति जो बाइडेन  त्यो प्राथमिक बिद्यालयमा गोलीकाण्डको घटना थाहा पाउनासाथ ब्यथित बनेको र गम्भीररुपले चिन्तित बनेको बताइएकाके  छ। त्यतिबेला उनले साथी सांसदहरुलाई यो कुरा सम्झाउन कति समय लाग्ला कि ‘यो कारबाहीको समय हो’ । हुन त अमेरिकामा यो बन्दूक सँस्कृति कुनै नयाँ कुरा भने अबश्य होइन । बितेका दिनहरुमा त्यहाँ यस्ता गोलीबारीका घटनाहरु निरन्तर हुँदै आएको समचारहरु सुन्न पाइन्छ । तर हालैका दिनहरुमा यस्ता घटनाहरुले बिद्यालय तर्फ मोड लिएका छन् । बिद्यायलहरुमा यस्ता घटनाहरु बढ्दै जानु वास्तवमा ठूलो सामाजिक बिसंगतिहरुको परिणाम हो ।

सबैलाई थाहा भएकै कुरा हो कि अमेरिकामा रंगभेद त पहिलादेखि नै रहँदै आएको अस्वीकार्य कुरा हो । अमेरिकामा पनि  उच्च निच, सम्पन्न बिपन्नको बढ्दो समस्याले स्थितिलार्य नराम्रोसँग बिगारिदिएको देखिन्छ । त्यो टेक्सास बिद्यालयमा गोली चलाउने यूवा पनि धेरै नै गरीब परिारको यूवा रहेको बताइन्छ । त्यो युबकसँग पढ्ने सहपाठीहरुले उ धेरै बिपन्न परिबारको सदस्य थियो । उसँग पढिसकेका यूवाहरुको भनाइ अनुसार बिद्यालयमा उसका कपडाका कारण उसको खिल्ली उडाइने गरिन्थ्यो । यो सम्पन्नता र बिपन्नअसमानताका कारण त्यहाँ बिभेद, बहिष्करण र बञ्चितीको स्थिति पनि कायमै छ । त्यसैले अमेरिकामा रंगभेद, जातिभेद तथा सम्पन्न र बिपन्नका बीच जुन बढ्दो भेदभाव छ त्यसकाके निराकरण पनि गर्नु अत्यावश्यक छ । अनि बन्दूक सँस्कृतिलाई पनि अस्वीकार गरेर मात्र त्यो समाजलाई सही दिशामारुपान्तरण गर्ने परिपाटी खडा गर्न र सकिने जानकार बिश्लेषकहरु औंल्याउने गर्दै आएका छन् ।अन्यथा सम्पन्न र सभ्य भनेर दाबी गर्ने बिश्व शक्ति अमेरिकाको स्थिति झन बिग्रने र भड्किने खतरा पनि त्यत्तिकै छ ।