शनिबार, आश्विन १७ गते २०८३

चुनाव नसकिँदै सरकारले इन्धनकाे मूल्य बढायाे, ग्यासकाे प्रति सिलिण्डर १८००, पेट्राेल १८०, मट्टीतेल र डिजेल १६३

जेठ ९, २०७९ सोमबार
चुनाव नसकिँदै सरकारले इन्धनकाे मूल्य बढायाे, ग्यासकाे प्रति सिलिण्डर १८००, पेट्राेल १८०, मट्टीतेल र डिजेल १६३

काठमाडौँ । नेपाल सरकारले पुनः पटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले हिजाे आइतबार साँझ विज्ञप्ति जारी गरेर ८ गते रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्नेछ । मुल्यवृद्धिले उपभाेक्ताकाे ढाड नराम्री सेक्ने भएको छ ।

स्थानीय निर्वाचनमा भाेट घट्ने डरले यस अघि खाना पकाउने ग्यासकाे मूल्य नबढाएको भए पनि अहिले सरकारले खाना पकाउने ग्यासमा एकै पटक २ सय रुपैयाँ मूल्य बढाएको छ । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय पुगेको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । 

 

petrol-1.jpg