काठमाण्डौ । नेकपा(बिप्लब) समूहबाट अलग भएर नेकपा (बहुमत) नामको पार्टीका संयोजक बनेका नेता धर्मेन्द्र बास्तोलाई सरकारले गिरफ्तार गरेको छ । उनी पोखराबाट नेपालगञ्ज जाँदै गर्दा दाङ्गको भालुबाङ्गमा गिरफ्तार भएका हुन् । उनलाई प्रहरीले किन पक्राउ गरेको हो कुनै कुरा प्रष्ट पारेको छैन । तर यसरी शान्तिपूर्ण राजनीतिक गतिबिधिमा लाग्दा पनि गिरफ्तार गर्ने संबिधान बिरोधी सरकारी गतिबिधिले स्थितिलाई अबाञ्छितरुपमा उत्तेजनातर्फ धकेल्दछ । बास्तोलाको गिरफ्तारी दमनकारी सरकारी कदम हो भनेर सर्बत्र यसको बिरोध भइरहेको छ र तुरुन्त उनी लगायत सबै पक्राउ परेका राजनीतिकर्मीहरुलाई रिहागर भन्ने जोडदार माग भइरहेको छ ।