काठमाडौं । नेपाल सरकारले मतदान केन्द्र कायम गरिएका र नगरिएका विद्यालय समेत आजदेखि ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।
पहिला सरकारले मतदानको दिन बैशाख ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो । शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आज बुधबारबाट बिदा भएको हो । शुक्रबार ३० गते निर्वाचन हुँदैछ ।
मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय सरकारले गरिसकेको भने जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय पहिला नै गरिसकेको र वैशाख ३१ गते शनिबार परेको ताथ १ गते आइतबार र २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा समेत भएकोले देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुने भएकाछन् ।
तर काठमाडौं उपत्यकाका नीजि विद्यायालयले भने आज एक बिदा दिएका छैनन् । केहिले बिदा दिएपनि अधिकाशं ठूला नीजि बिद्यालय आज पनि सञ्चालनमा छन् ।
देशभरीमा यतिबेल करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् र सामुदायिक तथा निजी गरी करिब ३५ हजार विद्यालय पुग्दछन् ।
