शनिबार, आश्विन १७ गते २०८३

बिप्लब नेतृत्वकाे नेकपा बिभाजित : बास्ताेलाकाे नेतृत्वमा नेकपा बहुमत बन्याे

बैशाख २६, २०७९ सोमबार
बिप्लब नेतृत्वकाे नेकपा बिभाजित : बास्ताेलाकाे नेतृत्वमा नेकपा बहुमत बन्याे

काठमाडौं । स्थानीय चुनावमा भाग लिने कि नलिने मुद्दाको निहुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा विभाजित भएको छ । पार्टीका अर्का  नेता धर्मेन्द्र बास्तोला नेतृत्वको समूहले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको आजै पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै बास्तोला नेतृत्वको बहुमत सदस्य रहेको  नयाँ पार्टी गठन गरेको जानकारी गराएको छ । चित्तवनमा भएकाके  असन्तुष्ट पक्षको भेलाले ८१ सदस्यीय केन्द्रीय समिति गठन गरेको र त्यसले बास्तोलालाई केन्द्रीय संयोजकको रुपमा चयन गरेको जानकारी दिएको छ ।

पार्टी घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता बास्तोलाले एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गरि नयाँ पार्टी गठन गर्नुपरेको प्रष्ट पारेका थिए । उनले आफ्नो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु रहेको कुरा पनि  दोहोर्याए ।

“महासचिव विप्लव समूहले कतिपय केन्द्रीय सदस्यहरूलाई नै एमालेको चुनाव चिह्न लिएर चुनावमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि हामीहरूले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौँ”, बास्तोलाले भने, “यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो, त्यसका लागि हामीले समृद्धि र स्वाधीनताको नारालाई अघि सारेका छौँ, केपी ओली, प्रचण्डहरूले लिएको बाटोबाट देशमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि हामीहरूले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौँ ।” पत्रकाकर सम्मेलनमा बास्तोलाई रणनीति, कार्यनीति, त्यसलाई प्राप्त गर्ने बाटोका बारेमा अझ प्रष्ट पार्न बिभिन्न प्रश्नहरु सोधिएको थियो ।

पत्रकार सम्मेलनमा हेमन्त वली 'सुदर्शन"ले लिखित पत्र पढेर सुनाएका थिए भने उठाइएका बिभिन्न प्रश्नहरूकाे उत्तर धर्मेन्द्र बास्ताेलाले दिएका थिए ।