शनिबार, आश्विन १७ गते २०८३

आशाले भरिएको चीनको  अन्तरिक्ष अन्वेषण

बैशाख ४, २०७९ आइतबार
आशाले भरिएको चीनको  अन्तरिक्ष अन्वेषण


 लगातार ६ महिना अन्तरिक्षमा रहेर खोज अनुसन्धानको काम गरेका तीन चिनीयाँ अन्तरिक्ष यात्री झाइ झिगाङ्ग, वाङ्ग यापिङ्ख र ये ग्वाङ्गफु हिजो पृथ्वीमा सकुशल अबतरण गरेका छन् । 

लगातार छ महिनासम्म अन्तरिक्ष अन्बेशणमा सफलतापूर्बक सामेल भएर ती तीनजना चिनीयाँ अन्तरिक्ष यात्री सकुशल हिजो १६ अप्रिलमा पृथ्वीमा फर्केका हुन् । बताइए अनुसार यस पटक उनीहरुले अन्तरिक्ष सम्वन्धि धेरै कामहरु गरेका छन् । उनीहरुलाई आज बेइजिङ्गमा भब्य स्वागत गरिएको छ । बिश्वभरीका अन्तरिक्ष बिज्ञान र खोज अनुसन्धानमा लागेकाहरुले उनीहरुलाई सफलताका लागि हार्दिक बधाई तथा शुभकामना दिइहरेका छन् ।
 यस पटका ती चिनीयाँ अन्तरिक्ष यात्रीहरुले दुइ पटक स्पेस क्याप्सुलबाट बाहिर निसकेरत अन्तरिक्ष यात्रा गनुृका साथै बिज्ञान सम्वन्ध अन्य धेरै प्रयोगहरु पनि गरेको बताइएको छ । त्यसबाट दीर्घकालीन अन्तरिक्ष यात्रीको जीवन प्रत्याभूति, स्पेश स्टेशनमा अन्तरिक्षा सामाग्रीको पुनः प्रयोग सामाग्रिको आपूर्ति लगायतका केन्द्रिय प्रबिधि प्रमाणित गरिएको छ । यसले गर्दा आगामी दिनमा या भबिष्यमा लीगमा अन्तरिष यानको निर्माण गर्न, अन्तरिक्ष स्टेशन र यान जोड्न, अन्तरिक्ष स्टेशन र मानबबिहीन अन्तरिक्षा यान जोड्नका लागि पनि अनुुभव संकलन गरेको छ । त्यसमा अतिरिक्त ती चिनीया अन्तरिक्ष यात्रीहरु २ पटक गरी ‘अन्तरिक्ष कक्षा’ समेत दिएर श्रृंखलाबद्ध लोकप्रिय बिज्ञान शिक्षा र साँस्कृतिक प्रसार कार्यक्रमहरु पनि गरेका छन् । यसले चिनीया बिद्यार्थीहरुका मनमा अन्तरिक्षको अन्बेषण गर्ने बिउ रोपिदिएको औंल्याइएको छ । 

yatrithree.jpg
 शनझाऔ–१३ नम्बर अन्तरिक्ष यानको काम यसरी सफलतापूर्बक सम्पन्न भएको छ । चिनीया अन्तरिक्षा स्टेशन परियोजना चाँडै अब निर्माण चरणमा प्रवेश हुनेछ । प्राप्त जानकारीहरु अनुसार चीनले थप अन्तरिक्ष यात्रीहरुालाई अन्तरिक्ष स्पेश स्टेशनमा पठाउनेछ, जसबाट अन्तरिक्ष स्पेस स्टेशनको तौल १००टन पुग्ने छ।
यसअघि नै विश्वसामु चीनको अन्तरिक्ष स्पेस स्टेशन खुला र समावेशी हुने धारणा चीनले धेरै पटक गरी व्यक्त गरेको छ। चाइना अन्तरिक्ष विज्ञान तथा प्रविधि कम्पनीको पाँचौं एकेडेमी अन्तर्गत अन्तरिक्ष स्पेस स्टेशन प्रणालीका उपप्रमुख डिजाइनर पाइ लिनहौले पत्रकारसँगको अन्तर्वार्तामा यसो भनेका छन् ः “अन्तरिक्ष स्पेस स्टेशनलाई मानव जाति सबैका लागि राष्ट्रिय स्तरको अन्तरिक्ष प्रयोग मञ्चको रूपमा निर्माण गरौं भन्ने चीनको लक्ष्य हो।“ 

Antriksyayatri.jpg

चिनियाँ स्पेस स्टेशन सम्पूर्ण मानव जातिको लागि अन्तरिक्ष अन्वेषण गर्ने एक महत्वपूर्ण स्टेशन बन्ने विश्वास छ। अन्तरिक्ष प्रविधिप्रति चीनको अन्वेषण र विकासले मानव अन्तरिक्ष विज्ञानको प्रगतिलाई अझ अघि बढाउने आशा गरिएको छ।