शनिबार, आश्विन १७ गते २०८३

बंकरमा बाँकी रहेका यूक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसको आग्रह

बैशाख ४, २०७९ आइतबार
बंकरमा बाँकी रहेका यूक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसको आग्रह

काठमाडौं । निकै बलियो पकड भएको मानिएको मरियुपोलको फलाम कारखानामा बाँकी रहेका युक्रेनी सेनालाई रुसी सेनाले आत्मसमर्पण गर्न आग्रह गरेका छन् ।

त्यहाँ बाँकी करहेका यूक्रेनी सेना हतियार छोड्ने र प्रस्ताव मान्ने भए ज्यानको सुरक्षा ग्यारण्टी हुने गरी आग्रह गरिएको रुसी रक्षा मन्त्रालयले आह्वान गरेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको –“ मानवीय सिद्धान्तका आधारमा फलाम कारखानामा शिविर खडा गरी लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरिएको छ । हतियार छोडी आउनेको जीवन सुरक्षाको ग्यारण्टी हुन्छ ।”
यसभन्दा अघि  रुसले मरियुपोलमा मात्र ४ हजारभन्दा बढी लडाकुहरुको ज्यान गएको खबर दिएको थियो 
यो पछिल्लो प्रस्तावमा रुसी सेनाले बाँकी रहेका युक्रेनी सेनाको अवस्था निराशजनक र  खाना, पानी केही नभएको अवस्था उल्लेख गरेको थियो ।