( फिचर सहित)

सीताराम थापा
(विशेष संबाददाता)
" चैते दशै मेलामा, माया बस्याे ख्याल ख्यालैमा" नेपालकाे ऐतिहासिक र प्रशिद्व चैते दशै मेलाको अवसरमा भब्य र सानदार रुपमा आयोजित ‘कालिका कप’ खुल्ला पुरुष भलिवल प्रतियोगितामा मोटरहेड नेपाल छन्त्याल संघ बागलुङ प्रथम उपाधि हांसिल गरेकाे छ ।

कालिका खेलमैदान परिसरमा सम्पन्न पाईनल खेलमा बागलुङकाे चर्चामा रहेका भलिबल टिम गलकोट समाज जापानलाई पराजित गदैं मोटरहेडले प्रथम उपाधी जितेकाे हाे। फाईनलमा गलकोट समाज जापानलाई मोटरहेड छन्त्याल संघले ३–० को सोझो सेटमा पराजित गदैं उपाधी विजेता बनेको हो । संघले खेलमा क्रमशः २५–१७, २५–२३ र २५–१८ को सेटमा जित हासिल गरि उपाधि विजेता बनेको थियाे।

गण्डकी प्रदेश टिम बाट खेल्दै आएका खेलाडिलाई आवद्ध गरेको मोटरहेडले उपाधिसँंगैं नगद तीन लाख रुपैया पुरस्कार, कालिका कप मेडल र प्रमाणपत्र चैदे दशै मेलाकाे मुल समारहेहमा प्रदान गरेको छ । समाराेहमा बागलुङका गलकोेट नगरपालिका खेलाडीहरु आवद्ध गरेको गलकोट समाज जापान कालिका कब उपविजेता बन्दै नगद १ लाख ५० हजार रुपैया, मेडल र प्रमाणपत्र प्रदान गरेकाे थियाे ।

खेलमा १७ टोलीको सहभागिता रहेको प्रतियोगितामा पर्वत स्पोट्र्स क्लब तृतिय बन्दै नगद ५० हजार मेडल र प्रमाणपत्र दिईएकाे छ। बागलुङकै कालिका युथ क्लब रेशले सान्त्वना पुरस्कार २५ हजार प्राप्त गर्न सफल भएको आयोजक कालिका भगवती गुठिका निबर्तमान अध्यक्ष राजु खड्काले बताए। यसै गरि १७ टिमकाे खेलमा माेटरेबल छन्त्याल यवं गण्ठकि टिमका किरण गुरुङ सर्बाेत्कृष्ट खेलाडिमा चयन भई १० हजार नगद र प्रमाणपत्रले सम्मानित गरियाे। मेलाकाे अवसरमा प्रत्यक दिन जिल्ला बाट जितेका सांसद मन्त्री, प्रदेस सांसदहरु, स्थानिय नेता जिल्लाकाे प्रशासन प्रहरी लगायत नागरिक अगुवाकाे उपस्थिति रहेकाे थियाे।

त्यस्तै, मेलाको अवसरमा प्रत्षक दिन राति अबेला सम्म खुल्ला राष्ट्रिय लोकदोहोरी प्रतियोगित र स्थाजिय र राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु बाट लाेक संस्कृतिक तथा कन्सर्ट कार्यक्रम भएकाे थियाे,। खुल्ला लाेकदाेहाेरी प्रतियाेगितामा राजधानि देखि कुल १६ टाेलिले भाग लियर वेष्ट वन रेष्टुरेण्ट र राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान फाईनल प्रतियोगि भएका छन। विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार नगद प्राप्त गर्ने आयाेजकले जनाएकाे छ। कालिका भगवती गुठी व्यवस्थापन समितिकाे मुल आषाेजना र जिल्लाकाे अन्य निकायकाे सहयाेग प्रायाेजनमा ५ दिन सम्म आयोजना गरेको मेला भब्यताका साथ सम्पन्न हुँदै छ।

मलामा स्थानिय ब्षापार पर्दशन भने सस्टलहरु ७ दिन सम्म रहने गुठिकाे अध्यक्ष कुमा, खड्काले बताए। प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा लाग्ने मेला यस क्षेत्रकै चिनारीको रुपमा रहेको र पर्यटन प्रर्बद्धनमा टेवा पुर्यायाएको सांसद मन्त्रीहरुकाे भनाई थियाे। यस्ता मेलाकाे पुन: समीक्षा गर्दै ईतिहासकाे धराेहर जगेर्ना गर्न अझ उचाे र ब्यवस्थित बनाउनु पर्ने नागिरक समाजका अगुवाहरुले सम्बन्धित निकाय समक्ष अपिल गरेका छन।