बेलटार, उदयपुर / कमरेड पुष्पलालको बिचारका अनुयायी क.डण्डीराम तिमल्सिना एक निष्ठाबान, अनुशासित र अबिचलित जनयोद्धा थिए । अवसरबादको भ्रष्ट चरित्रबाट जोगिएका दुर्लभ मान्छेहरुमध्येका एक उनी कस्तै हावाहुरी आउँदा पनि क्रान्तिको मूलबाटो छोडेर दायाँ बायाँ लागेनन् । जनताको नजिक रहेर कम्युनिष्ट आन्दोलनमा निरन्तर योगदान दिइरहे । आज पनि देशले यस्तै धेरै डण्डीरामहरु खोजिरहेको छ । यो कुरा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुबेदीले गएको चैत्र २४ गते उदयपुरकाे चौडण्डीगडी नगरपालिका बेलटारमा उनको देहाबसानको १२औं दिनमा आयोजित शोक सभालाई सम्वबोधन गर्दै ब्यक्त गरेका हुन् । अध्यक्ष सुबेदीले भ्रष्ट राजनीति, बिकृति र बिसंगतिका बिरुद्ध निरन्तर संघर्ष गर्ने क.डण्डीराबाट सिक्याैं र जनता तथा राष्ट्रको सेवामा कर्तब्यनिष्ठ किसिमले अघि बढ्न सक्याैं भने मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने भावना ब्यक्त गरे । सुबेदीले पार्टीकाे केन्द्रिय समितिको तर्फबाट क. डण्डिराम तिमल्सिनाप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोकबिह्वल सम्पूर्ण पार्टी पंक्ति तथा शोकसन्तप्त डण्डिराम कमरेडको परिबारमा गहिरो समवेदना ब्यक्त गरेका थिए ।
शोकसभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष क. भिमप्रसाद सेढाईले बिचलनकारी राजनीतिक हावाहुरीमा बेल्टारमा अग्रज मानिसएका मणि पौडेल, हरि राउत जस्ता मानिसहरु बिचलित भएर बगे । तर डण्डीराम दृढतापूब{क क. पुष्पलालको बिचारमा आजीवन रहे । उनले पार्टी बिस्तार गर्न, पार्टी जनतालाई जोड्ने काममा ठूलो योगदान दिएका छन् । उनी पार्टीकाे राष्ट्रिय परिषदको पुनर्निर्बार्चित सदस्य र अखिल नेपाल किसान यूनियनका केन्द्रिय सचिवालय सदस्य पनि रहेर काम गरेको सम्झना सेढाईले गर्दै देशमा छेडिएका सबै आन्दोलनहरुमा उनकाे सक्रिय सहभागीता रहेको कुरा पनि उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सदस्य तथा अखिल नेपाल महिला यूनियनका केन्द्रिय नेता कमला सेढाईले पार्टीले एक निष्ठाबान र होहानर पुराना अभिभावक नेता गुमाएको छ । तर उनले पार्टी र जनताका लागि दिएको योगदान सदा सर्बदा अमर रहने छ भनेर श्रद्धाञ्जली दिइन् ।
क. डण्डीरामका सुपुत्र अधिबक्ता राजकुमार तिमल्सिनाले भावबिह्वल हुदै र अन्तिम श्रद्धाञ्जली ब्यक्त गदै{ पिताजीले अधूरा छोडेर गएका काम पूरा गन{ हामी उहाँको परिबारका सदस्यहरु लाग्न सकेमा मात्र उहाँप्रति साँचो श्रद्धाञ्जली हुनेछ भने । उनले परिवारका सदस्यहरुलाई नेपाल कम्युनिष्ट पार्टीमा लागेर क्रियाशील हुन आह्वान गर्दै त्यसरी मात्र उहाँको सपना साकार पान{ मद्दत पुग्दछ भनेका थिए ।
केन्द्रिय सचिवालय सदस्य भिमकुमार बान्तवाले शोकसभाको काय{क्रम सञ्चालन गर्दै एउटा सामान्य परिबारको मानिस क.डण्डीरामा त्यस्तो पढालेखा र औपचारिक शिक्षा पाएका मानिस पनि थिएनन् । तर उनले शिक्षा, सचेतना र बगी{य हितका कुरा बुझेका थिए । उनले छोरा छोरीलाई पढाए, जनतालाई पनि सचेत तुल्याउन निरन्तर लागि परे । हामीले उनका अधूरा काय{लाई अघि बढाउन पार्टीलाई क्रियाशील तुल्याएर अघि बढ्न सक्नु र सिक्नु पर्दछ भने । त्यस अवसरमा डण्डीराम कमरेडको अन्तिम कृयाकर्ममा संलग्न श्रीमती, छोराहरू छोरी र बुहारीहरु तथा शोकमा सहभागी हुँदै नेपाल कम्युनिष्ट पार्टी उदयपुरले बस्त्र प्रदान गरेको थियो ।
कार्यक्रममा उहाँ क.डण्डीराकी श्रीमती रत्न, छोरा राज,कुमार र माधव छोरी उमा र बुहारीहरु, नातीनातीनाहरु सबै उपस्थित थिए । शोक सभाको शुरुमा क. डण्डिराप्रति सम्मान प्रकट गर्न एक मिनेट मौन धारण गरिएको थियो भने २०४६ सालको सयुक्त जन आन्दोलनले उत्कर्षता पाएको दिन चैत्र २४ गते परेकोले सम्पूर्ण जन आन्दोलनका ज्ञात अज्ञात महान शहीदको सम्मानमा पनि मौनधारण गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थगित रहेको एकताको दोश्रो राष्ट्रिय सम्मेलन जनकपुरमा सहभागी भएर एक रात ढल्केबरमा बास बसी भोलीपल्ट चैत्र १३ गते गाईघाट पुगेर दिउसो त्यहाँबाट टेम्पोमा बेल्टार जाँदै गर्दा टेम्पो दुर्घटनामा परेर दुर्घटना स्थलमै दुःखद निधन भएको थियो ।