शनिबार, आश्विन १७ गते २०८३

विदेशी सामानले भरिएका पसल खुल्दैछन्, .................. : प्राज्ञ नयराज पन्त

चैत्र २८, २०७८ सोमबार
विदेशी सामानले भरिएका पसल खुल्दैछन्, .................. : प्राज्ञ नयराज पन्त
विदेशी सामानले भरिएका पसल खुल्दैछन्, आयस्ता नभएका तर त्यस्ता सामान प्राप्तिको लागि मन डढेका दु:खी मानिस पाईला-पाईलामा भेटिन्छन् : प्राज्ञ नयराज पन्त
 
Nepal.jpeg
 
चन्द्रमणि गाैतम
 
उनको उपरोक्त भनाई २००८ सालदेखि ००८ साल अन्त्यसम्मको "पिताजीको डायरी पल्टाउँदा" शिर्षकमा उनकै छोरा महेशराज पन्तले दैनिक नयाँ पत्रिकामा ०७५ चैत २३ शनिबारको अंकमा लेखेको पूरा पृष्ठको लेखमा उल्लेख छ ।
 
नयराज पन्तको जन्म १९७० साल साउन २६ गते काठमाडौंको महाबौद्धमा भएको थियो । पण्डित कृष्णदत्त त्यस जमानामा विद्वानमण्डलीमा सुविख्यात थिए । काठमाडौंदेखि कासीसम्मका विद्वानगणमा उनको बराबर चर्चा हुन्थ्यो।
 
पन्तले फुटकर रुपमा कविता र प्रबन्ध लेखे । धेरै चाहिं उनले इतिहास नै लेखे । उनका इतिहास विषयक पुस्तकमात्र पन्ध्रवटा प्रकाशित भए । साथै ज्योतिष विषयक कृतिहरू मात्र दसवटा र संस्कृत वाङ्मयका एउटा कृति पनि प्रकाशित भए । २०५९ साल कात्तिक १८ गते काठमाडौंको आर्यघाटमा उनको स्वर्गारोहण भयो ।
 
नयराज पन्त जन्मेको डेढ वर्षा नै कृष्णदत्त स्वर्गीय भए । त्यसपछि यज्ञप्रिया आफ्नो नाबालक छोरो बोकेर माइत गइन् । त्यही नै नयराज पन्त हुर्के, बढे र पढे । मामाघरमै १३ वर्षका पन्तको जनकराज पण्डित (पाण्डे) की छोरी १२ वर्षीय बुधकुमारीसँग विहे भयो । पन्त दम्पत्तिबाट दुईछोरा महेशराज पन्त तथा दिनेशराज पन्त अनि तीन जना छोरी अम्बिका, धन र अमिताको जन्म भयो ।
 
वास्तवमा उनका हजुरबाबु यी दुवै विषयमा संलग्न भएका कारण पन्तले पनि त्यही बाटो मात्रै समाइरहे । उनैको वातावरण, भावना र हुटहुटीले नै पन्तले वाल्यकालदेखि इतिहासमा चासो राखेका थिए । आफ्नो शैक्षिक अनुभव आर्जन गर्नचाहिं उनी कुमारी चोकको भाषा पाठशालामा भर्ना भए । उनी स्रेस्ता पाठशाला पनि पुगे । पढाई रानीपोखरीको संस्कृत पाठशालामा हुन थाल्यो ।
 
पन्तले आफूले जानेको विद्या आफ्ना टोलका आफूभन्दा सानाहरूलाई पनि सिकाउँथे । उनी फकाईफकाई बालबच्चा पढाउँथे तर ट्युसन पढाउँदा कसैसँग पैसा लिदैन थिए ।
 
पन्तले काशीको राजकीय संस्कृत पाठशालाबाट गणित ज्योतिषमा आचार्य गरे र उनी त्यसमा प्रथम श्रेणीमा प्रथम भएका थिए । त्यही क्रममा यिनले संस्कृतको धेरै नै अध्ययन गरेका थिए । वास्तवमा त्यसै बेला उनी संस्कृतभाषा लेख्न र बोल्नमा सिद्धहस्त पण्डितका रूपमा नै प्रस्तुत भएका थिए । साथै यिनले अङ्ग्रेजी साहित्यको पनि विशेष अध्ययन गरेका थिए । अनि हिन्दी भाषाको लेखापढीमा पनि उनको दिलचस्पी थियो ।
 
आचार्य गरेपछि पन्तले रानीपोखरीको संस्कृत पाठशालामा ज्योतिषको अध्यापक थिए । त्यसपछि उनी लेखन र सम्पादनमा पनि जुट्न थाले ।
 
पन्तको योगदान वाल्मीकि विद्यापिठमा पनि पुग्यो । त्यहाँ उनी नेपाल सरकारको प्रथम श्रेणी अधिकृत स्तरका प्राध्यापकका नियुक्त भएर त्यहाँ झन्नै सत्र वर्षसेवा गरे, त्रिभुवन विश्वविद्यालयअर्न्तर्गत अन्वेषणमा पसे, खगोल गणित ज्योतिषमा संलग्न भए । उनी झन्नै पन्ध्र वर्षम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा आबद्ध भए ।
 
यिनको समेत पहलमा २००९ सालमा संशोधन मण्डलको स्थापना भयो । त्यसपछि उनी एकोहोरो त्यहीं लागिरहे । दिनेशराज पन्तका अनुसार त्योभन्दा अघि नेपालमा विशुद्ध इतिहास लेख्ने चलनै थिएन ।
 
उनले त्रिभुवन प्रज्ञापुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, मदन पुरस्कारलगायत विभिन्न प्राज्ञिक, वाङ्मयी र सामाजिक सङ्घसंस्थाबाट सम्मान, अभिनन्दनहरू ग्रहण गरिरहे । उनी लोभानी र पापानीमा पनि कहिले लागेनन् । साथै अहम्, आडम्बर र घमण्डमा पनि उनी कहिले फसेनन् । 
 
साभार : गाैतमजीकाे मुहारपुस्तिका