
सीताराम थापा
बागलुङको बजार चैते दशैमा भेट्न जाउला कान्छि बागलुङ बजार मौलिक र चर्चित थुप्रै लाेक संगीतकाे भाखाको गीत बागलुङमा लाग्ने चैते दशैं मेलालाई लक्षित गरेर बनिरहेछन लगातार । चैत शुक्ल पक्षमा मनाइने चैते दशैं पर्वकाे मेला लाग्ने चलन ५ सय वर्ष पुरानो ईतिहासदेखि चलिआउछ। गाउका झकी ,संस्कृति सहित लाेकगित, सालेजाे लिएर खाजा मकै खान्की बेपार लिएर मेला भर्न बागलुङ बजार आउने परापुर्वकाे प्रचलन हाे । यहाँ चर्चित कालिका मन्दिरमा पूजा गर्न देसै भरबाट घुंईचाे लाग्छ। कोरोना संक्रमणका कारण दुई वर्षसम्म मेला नभएपछि यस बर्ष ५ दिने मेला सुरु भएकाे छ।

यो वर्ष काेरना जाेखिम अति न्यून भयपछि भगवती गुठी व्यवस्थापन समितिकाे आयाेजनामा चैते दशैं मेला भब्य रुपमा सुरु भएकाे छ । मेलामन गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले मेलाको उद्घाटन गर्छन्। उनी बताउछन, - उनले चैते दशैं मेला धार्मिक महत्वको मात्र नभई गीत संगीत, खेलकुद र किसानका उत्पादनको बजारीकरण गर्ने पर्वको रुपमा स्थापित भएको हाे। चैते दशैंमा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकलाका सामान र अन्य सामाग्री समेतको बजारीकरण गर्ने पर्वको रुपमा समेत वर्षौंदेखि मनाइएको छ । यो बेला देस प्रवासबाट घर फर्कनेदेखि कालिका मन्दिरमा पूजा गर्न आउने धुईराे लागिरहन्छ। साथै यहाँको मेलामा बागलुङका कला संस्कृतिको संरक्षण, परम्परागत सिपका सामानको बिक्री र बजारीकरणसमेत गरिन्छ । यस बर्ष पनि मेलाकै स्वरुपमा यहाँ रमाइलो मेला, फेन्सी तथा अन्य ग्रामिण उत्पादनहरुको बजार लागेको छ । साथै चैते दशैंको करिब ५ दिन यहाँ विशेष पूजा र मेला भर्नेको रौनक हुन्छ । यो मेलालाई व्यवस्थापन गर्न प्रशासन र सुरक्षा निकाय लगायतले पनि आफ्नो न भूमिका न पर्वाह गरेकाे छ ।

मेलामा खुला भलिबल प्रतियोगितामा भाग लिन विभिन्न स्थानबाट १६ टिम काे खेल भईरहेकाे छ। त्यस्तै राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतिकरण गरि मनाेरन्जन लिईरहेछन। बिहानी समयमा पूजा र भलिबल प्रतियोगिता, दिउँसो मेला र लाेकदाेहाेरी, साँझ कलाकारहरुको प्रस्तुती रहने गुठीका अध्यक्ष कुमार खड्काले बताए । कार्यक्रमलाई गुठीले पछिल्लो १० वर्ष देखि लगातार गर्दै आएता पनि काेरना क्रहरले २ बर्ष स्थगित भयाे ।चैतेदशैं मेलामा दशाै लाख भक्तजन र पर्यटक आउने अनुमान भएकाे निबर्तमान अध्यक्ष राजु खड्का बताउछन्।

अघिल्ला वर्षहरुमा यहाँ बिक्री भएको नरिवलको संख्याले यहि संख्या आकलन गर्छ - खड्काले थपे। पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोको रुपमा कालिका मूर्ती ल्याएको इतिहास छ । राजाले उक्त मूर्ती घना जंगलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती छ। अहिले पनि यहाँ चैतेदशैं र बडा दशैंकाे बेलामा ठूलो मेला लाग्छ भने अन्य समयमा पनि सयौं भक्तजन आएर पूजा गर्ने क्रम निरन्तर चलिरहन्छ। बागलुङको पर्यटन प्रवर्ध्दनका लागि पनि यो मेला र कालिका मन्दिर महत्वपूर्ण गन्तव्य भएको पर्यटन समितिका सचिव अर्जुन चोखालले बताए ।

पछिल्लो समयमा अन्य गन्तव्य शुरु भएपनि बागलुङको पहिचान चैतेदशैं मेला र कालिका भगवती मन्दिर नै भएको उनको तर्क छ । स्थानीयले पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताउँछन। यहाँ बिश्वकै लामाे भनिएकाे झाेलुङ्गे पुल लगायत पर्यटकिय घुमफिरकाे अनेकन स्थल रहेकाे छ। शुक्रबार सम्म ८ टिमले खुल्ला भलिबल प्रतियाेषितामा भाग लियर भब्य खेल पर्दशन गरे। जसमा साहारा युवा कल्ब कुश्मिसेरा, गण्डकी प्रदेस टिम, छन्यातल टिम, गल्काेट जापान लगायत अगाडि आएका छन्।