शनिबार, आश्विन १७ गते २०८३

नेपाली जनताले चैत्र २६ गते आंशिक बिजय पाएकाे दिन

चैत्र २६, २०७८ शनिबार
नेपाली जनताले चैत्र  २६ गते आंशिक बिजय पाएकाे दिन

आज चैत्र २६ गते देशमा बाम-लोकतान्त्रिक शक्तिको नेतृत्वमा नेपाली जनताको ऐतिहासिक संयुक्त जन आन्दोलनको बलमा राजाद्वारा नेतृत्व गरिएको निरंकुश सामन्ती अधिनायकबादी पञ्चायती ब्यबस्था अन्त्य भएर पुनः बहुदलीय ब्यवस्थाको स्थापना भएको दिन ! यो पनि निश्चय नै नेपाली जनताको आन्दोलनले आंशिक बिजयको दिन हो । नेपाली जनताको मनोबल बढाएको दिन हो । यद्यपि यो आन्दोलनको सामर्थ्य र सीमा निश्चित नै थियो । त्यसबाट धेरै बढी अपेक्षा र आशा गर्ने आधारहरु बिकसित भइसकेका थिएनन् । हुन त सात सालदेखि ६३ सालसम्मका नेपाली जनताले सिर्जना गरेका तीनवटा आन्दोलनहरु कै चरित्र हेर्ने हो भने पनि ती सबै आमूल क्रान्तिकार पिरिवर्तनको दायराभन्दा बाहिर सम्झौतामै टुंगिएको प्रष्टै देखिन्छ । यसले राजनीतिक शक्ति सन्तुलन, जन चेतनाको स्तर र समग्रगमा नेपालको राजनीतिक बिकासको चरणलाई नै अर्थ्याउँदछ ।

 आमूल परिवर्तनको चरणमा आन्दोलन बिकसित हुन पर्ने मनोगत इच्छा र हुन हुन नसेको बस्तुग अबस्थाले समेत पुरानै रोग बल्झिएर नेपालको समग्र, सार्थक र अग्रगामी बिकासले फड्को मार्न नसकेको कुरा पनि आज मध्य दिउसको घाम जत्तिकै र्छलङ्ग छ । खाशगरी आंशिकरूपमा प्राप्त भएका आन्दोनलका उपलब्धीहरू र  भएका अग्रागामी राजनीतिक सुधार र परिवर्तनहरुलाई जनता र राष्ट्रको हितमा समर्पित र ब्यवस्थित गर्न नसक्दा परिवर्तन पछि परिवर्तनका सम्वाहक मानिएका शक्ति र दलहरुमै ब्यापक बिकृति र बिसंगति देखापर्ने गरेको र राजनीति आदर्श, बिचार, सिद्धान्त, नीति र नैैतिकताको आधारबाट बिचलित भएर अनेक बिकृति र  बिसंगतिले आक्रान्त पार्ने गरेको पीडा नै आजको यथार्थ हो । त्यसैले पछिल्लो जीत पनि पहिले जस्तै कतै हारकै सेरोफेरोमा रुमल्लिने त होइन भन्ने सन्देह ब्याप्त छ बिकृति र बिसंगित बढिरहेकाे छ। किनभने सत्तामा पुगेका दलहरुको प्रबृत्ति मूलतः पुरानै र जनबिरोधी छ । दूरगामी राष्ट्रिय हित र जनतासँग नँगासिएको राजनीति देशमा चले पछि फेरि पनि समस्या काँचै कचल्टै रहने कुरा निश्चित छ ।

 बास्तबमा याे बर्ग सन्तुलनमा ब्यापक परिबर्तन ल्याउन सक्ने उच्च क्षमताकाे संघर्ष थीएन । त्यसैले याे उपरी ढाँचा (super structure) मा परिबर्तन भए पनि आधार (base)मा परिबर्तन नभएको स्थितिको परिणति र परिदृष्य बर्तमान परिस्थिति हो । यसले आजको परिबर्तनको दिशा र बाटोको समेत प्रष्ट बोध गराउँदछ । अतः परिवर्तनकामी शक्ति र सचेत जनताले यो कुराबाट शिक्षा लिएर अग्रगामी परिबर्तनकारी नीति, नैतिकता, इमानदारीताको राजनीतिक सँस्कृति बिकास गर्ने बाटो लिनु अपरिहार्य भएको छ । यस प्रकारको साहस, इच्छाशक्ति र संंकल्प बिना परिवर्तनलाई सही किसिले अघि बढाउन, संस्थागत गर्न र जन आन्दोलनले दिएको दिशानिर्देश र आवश्यकता अनुरुप अघि बढ्न तथा नेपाली समाजलाई उच्च चरणको बिकासतर्फ समग्ररुपमा डोर्‍याउन सकिने स्थिति फेरि पनि नबन्ने कुरा प्रष्ट छ  र दिनदिनै अझ प्रष्ट भइरहेकाे छ ।  यस प्रकारको साहस, इच्छाशक्ति र संंकल्प बिना परिवर्तनलाई सही किसिले संस्थागत गर्न र जन आन्दोलनले दिएको दिशानिर्देश र आवश्यकता अनुरुप अघि बढ्न तथा नेपाली समाजलाई उच्च चरणको बिकासतर्फ समग्ररुपमा डोर्‍याउन सकिने स्थिति फेरि पनि नबन्ने कुरा प्रष्ट छ र दिनदिनै अझ प्रष्ट भइरहेकाे छ । आजको दिनले अग्रगामी परिबर्तनका सम्वाहक शक्ति र सचेत जन समुदायमा यो कुरा आत्मसात गर्ने सत्प्रेरणा देओस् !