शनिबार, आश्विन १७ गते २०८३

चीनका बिदेशमन्त्री आज काठमाण्डौ आउदै के के हाेला कुरा ?

चैत्र १०, २०७८ बिहीबार
चीनका बिदेशमन्त्री आज काठमाण्डौ आउदै के के हाेला कुरा ?

काठमाण्डौ । चीनका बिदेमन्त्री तथा स्टेट काउन्सेलर वाङ यी आज साँझ काठमाण्डौ आउदैछन् । यात्राका क्रममा नेपालसँग भएका सन्धि सम्झाैताहरूकाे  कार्यान्वयमा बारेमा बिचार बिमर्श हुने चर्चा समाचार बजारमा छ । तर चीनसँग भएका सम्झौताहरु बिगतदेखि अहिलेसम्म कार्यान्वयनको तहमा कमै पुग्ने गरेका छन् । चीनसँग नेपालको दौत्य सम्बन्ध कायम भएको ६० बर्ष नाघेको छ । त्यसयता तिब्बतको खासा र नेपालका बीच आवागमनको शुरुवात पनि भयो ६० को दशकमा । 
तर त्यसले खाशै बिकास गर्न सकेन ।पहिलेदेखि नै केरुङ्गको मूलबाटोबाट नेपाल–चीन आवत जावत र बन्द–ब्यापार हुने गर्दथ्यो । तर पछि तfतोपानीतिरबाट सानो भोल्यूममा ब्यापारिक आवत–शरु भयो । तर नेपाल र चीनले केरुङ्गबको मूल बाटो छोडेर किन तातोपानीको बाटो रोजे ? यसमा कुनै राजनीतिक दाउपेच रहेको हो कि होइन अहिले पनि यसको आधिकारिक उत्तर आइसकेको छैन । 
अहिले वाङको भ्रमणमा नेपाल र चीनबीच हुने छलफलमा नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, रसुवागढी र तातोपानीबाहेक अन्य एक नाका  - कोरला- को औपचारिक सुरुवात गर्नेलगायत विषयमा गृह कार्य भइरहेकाे बताइन्छ । चीनसँगकाे नेपालकाे बीआरआई परियोजना अन्तरगत भएका सम्झौताहरुको कार्यान्वयनले नेपालको अर्थ–सामाजिक हैसियत बढ्ने धेरै ज्ञाताहरुको प्रक्षेपण छ । तर ती सम्झौताहरु पनि कार्यान्वयनमा नगए पछि कागजमै सीमित रहने कुरा निश्चित छ ।