शनिबार, आश्विन १७ गते २०८३

आज चीनमा भयानक विमान दुर्घटना : जहाज ३० हजार फिटबाट खसेपछि पहाडमै आगो लाग्यो

चैत्र ७, २०७८ सोमबार
आज चीनमा भयानक विमान दुर्घटना : जहाज ३० हजार फिटबाट खसेपछि पहाडमै आगो लाग्यो

आज चीनमा भयानक हवाइ जहाज दुर्घटना भएको छ । कुनमिगंबाट गोन्झाओका लागि उडेको १३२ यात्रु सवार बोईगं ७३७ जहाज ३० हजार फिटबाट पहाडमा खसेको जहाज नष्ट हुनुका साथै पहाडमै आगलागी भएको छ ।चिनीया राष्ट्रपतिको आदेशमा तत्कालै उद्धारकर्मीहरु परिचाालन गरिएको छ ।

चीनको नागरिक उड्डयन प्रशासनले विमानमा १२३ जना यात्रु र चालकदलका नौ सदस्य रहेको जनाएको छ। चीनमा यात्रु बिमानहरू निकै सुरक्षित मानिन्छन् । यस्ताे दुर्घटना चीनमा याे भन्दा पहिला १२ बर्ष अगाडि भएकाे बताइएकाे छ ।

यात्रु मध्य ९ जना चालक दलका सदस्य रहेका थिए । यो दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन ।दुर्घटनामा कति मानिसको मृत्यु भयो र घाईते भए भन्ने एकीन नभएको अधिकारीहरुले जनाएका छन् ।चाईना इस्टर्नको यो यो बाेईग ७३७ अब उडानमा प्रतिवन्ध लागेको छ । समामचार एजेन्सीहरू