शनिबार, आश्विन १७ गते २०८३

चिनका बिदेशमन्त्री वाङ यी नेपाल भ्रमण आउने निश्चित 

चैत्र ६, २०७८ आइतबार
चिनका बिदेशमन्त्री वाङ यी नेपाल भ्रमण आउने निश्चित 

काठमाण्डौ । नेपालमा एमसीसी सम्झौता संसदले अनुमोदन गरे पछिको अबस्थामा चीनका बिदेश मन्त्री तथा स्टेट काउन्सेल वाङ यी पाकिस्तान र भारत हुँदै नेपालको औपचारिक भ्रमणमा आउने कुरा तय भएको बुझिएको  छ ।
 बिदेशमन्त्री वाङ  यी बेइजिङ्गबाट सिधै पाकिस्तानको राजधानी इस्लामाबाद हुँदै  भारतको दिल्ली भ्रमण सकेर  त्यहाँबाट नेपाल आउने कार्यक्रम रहेको समाचार सुत्रहरुको खबर छ ।
चिनीयाँ बिदेशमन्त्री वाङ यीले पाकिस्तानमा इस्लामिक राष्ट्रका बिदेशमन्त्रीहरुको सम्मेलनलाई सम्बोधन गर्ने निर्धारित कार्यक्रम रहेको बताइएको  छ ।
 यही मार्च २२ का दिन अर्थात आगामी मंगलबार इस्लामाबाद पुग्नु हुने चिनीयाँ बिदेशमन्त्रीले मार्च २३ का दिन दिल्ली जाने कार्यक्रम रहेको बताइएको छ । 
त्यसपछि आगामी मार्च २५ का दिन उहाँ दिल्लीबाट काठमाण्डौ आइपुग्ने र त्यस अबसरमा प्रधानमन्त्री देउबा, राष्ट्रपति बिद्या मण्डारी तथा बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटघाट गर्ने कार्य सूचि रहेको बताइन्छ ।
एमसीसी प्रकरण पछि नेपालको भ्रमण गर्ने चिनीयाँ बिदेमन्त्रीको यो पहिला भ्रमण हो । भ्रमणका बेला नेपालसँग बीआरआई सम्झौतको कार्यान्वय बिषयमा छलफल हुने अनुमान गरिएको छ । स्मरण रहोस् चीनले नेपाल लगायत बिश्वका १५० भन्दा बढी देशहरुसँग बीआरइआई सम्झौता गरिसकेको छ ।