शनिबार, आश्विन १७ गते २०८३

बसन्तकाे हाेली र फागु

चैत्र ४, २०७८ शुक्रबार
बसन्तकाे हाेली र फागु

Sitaramthapa.jpg

*सीताराम थापा

पहाड र हिमालमा हिउफुल आज हाेलि

भाेलि हुन्छ तराईफाटकाे तिरैभरी खेलि

बसन्तकाे पालुवामा पलाएकाे हाेलि

कति भिज्लान, कति रुझ्लान प्रियसि र चेलि !

माया र सद्भाबकाे आयाम जस्तै हाेलि

काेईलि चरि, चरा संङ्गै भुरचुराउदै हाेलि !!

एकताकाे माला उन्ने हुनु पर्छ हाेलि,

कति पृिति साट्ने हाेला, पाेखरीमा खेलि !!

प्रकृतिकाे पुजा गर्दै मनाउन हाेलि

प्रेमकाे वास्ना पाेख्लान कति जवानिकाे जाेडि !!

रङ्गकाे रंगिन मन जस्तै रंग भर्ने हाेलि

सप्तरङ्गि ईन्द्रेणिले चुम्बन गर्छन जाेडि

 रङ्गमञ्चकाे डबलिमा नाच्दै गाउदै हाेलि

 बैसहरु पाेखिएलान, मनका भाका फेरि !!

बिकृति र बिंसगति नछवस है हाेलि

भाेलि फेर्ने छ कि छैन? लगाउने चाेलि ?

फागु पुर्णिमा, वसन्त आगमनकाे हार्दिक सुभकामाना !

सबै न्यानाे सुन्दर मनहरुमा,श्रद्धिय जनहरुमा !

(*थापा सामाजिक  अभियान्ता एवं कवि पनि हुन)