शनिबार, आश्विन १७ गते २०८३

जैब–रासायनिक हतियार प्रयोगले भयावह बिपत्ति जन्मने

फाल्गुण ३०, २०७८ सोमबार
जैब–रासायनिक हतियार प्रयोगले भयावह बिपत्ति जन्मने

biochemicalweapons.png
लोकनारायण सुबेदी
अहिले रुसले यूक्रेनमाथि जैबिक तथा रासायनकि हमला गर्ने ब्यापक तयार गरेको भनेर ठूलै हो–हल्ला र दाबी गरिदैछ । अनि  यस क्रममा यूक्रेनका कम्तिमा पनि ३० वटाजति प्रयोगशालाहरुमा अमेरिकाको सहायताले रोगजनक सुक्ष्म जीव तयार गरिदै रहेको पनि बताइएको छ  । ती कृत्रिम जीवहरुलाई हतियारकोरुपमा उपयोग गरेर रुसलाई ठूलो नोक्सानी पुराउन सकिने समेत उल्लेख गरिन्छ । यो कुरालाई लिएर रुसले केही दिन पछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको एक संकटकालीन बैठक पनि बोलाइ सकेको छ ।
 बास्तबमा अबिभाजित पूर्ब सोभियत संघमा ठूलो स्तरमा जैबिक हात हतियार बनाउने कार्यक्रम चलाइएको पश्चिमा सञ्चार माध्यमहरुले बढी उल्लेख गर्ने गर्दथे । अनि ती बनाउने केही महत्वपूर्ण केन्द्रहरु यूक्रेनमा पनि स्थापित गरिएका थिए भनिन्छ । यूक्रेनमा पब्लिक हेल्थ(सार्बजानिक स्वास्थ्य) मा काम गर्नेहरुका कयौं यस्ता प्रयोगशालाहरु रहेका छन, भनिन्छ जहाँ बिश्वका गम्भीर बिमारीहरुको उपचारका लागि अनुसन्धान गर्ने गरिन्छ । अनि ती अनुसन्धानहरुमा अमेरिका एउटा प्रमुख सहयोगी पनि रहँदै आएको छ । यूक्रेन जैबिक तथा रासायनिक शस्त्रास्त्रको निर्माणको रुसको आरोपालई दुष्प्रचार बताइरहेको छ भन रुसले आफ्नो दाबीलाई सही ठहराउनका निम्ति आफुसँग सबल प्रमाणस्वरुप दस्ताबेजहरु रहेको दाबी गरिरहेको छ । यी आरोप पत्यारोपका बीचमा उता चीनले  पनि अमेरिकालाई आरोप लगाइरहेको छ कि अमेरिका जैबिक–सैन्य योजना सञ्चालन गर्ने ब्यापक काम गरिरहेको छ ।
 यूक्रेन सकारका अनुसार त्यो देशमा यस्ता ल्यावहरु स्थापित रहेका छन् जहाँ बैज्ञानिकहरुले बैध किसिमले मानिसहरुलाई कोभिड–१९ जस्ता महामारीहरुबाट बचाउनका लागि काम पनि गरेको छ । तर यस्तो बेलामा जतिबेला यूक्रेनमा युद्ध छेडिएको छ त्यतिबेला बिश्व स्वास्थ्य संगठनले यूक्रेनलाई भनेको छ कि आफ्नो ल्यावमा रहेका त्यस्ता कुनै पनि प्रकारका खतरनाक पेथोजेनहरु उसले नष्ट गरोस् । यो अहिलेको रुस–यूक्रेन संघर्षका बीचमा के सन्देह पनि एकथरीले गरिरहेका  छन् भने रुसले यूक्रेनका खतरनाक प्रयोगशालहरुलाई नष्ट गरिने बहानमा रासायनिक हतियारहको प्रयोग गर्न पनि सक्छ । यतिबेला रुसका सेनाले यूक्रेनलाई घेरिसकेका छन् र उसले निर्णायक बिजयका कदमहरु सफल पार्नका लागि रासायनिक तथा जैबिक हात हतियारहरुको प्रयोग पनि गर्न सक्तछ । रुससँग ब्यापक रासायनिक तथा जैबिक हतियारह छन र यो प्रयोग हुनसक्ने कुरालाई अस्वीवार गर्न पनि सकिदैन भन्नेहरुको कुनै कमी छैन ।
 रुसको इतिहासले बताउँदछ कि त्यहाँ जैबिक हतियार उत्पादन गर्ने या बनाउने काम १०० बर्षभन्दा पुरानो छ । अनि के पनि भनिन्छ भने रुसले त्यस्ता हतियारहरुको प्रयोग दोश्रो बिश्व युद्धका बेला जर्मन सेनालाई रोक्नका लागि गरेको पनि थियो । त्यस अघि १९२८ मा नै जैबिक युद्ध सम्बन्धि सोभियत संघको तयारीका लागि सैन्य तथा नौसेनाका मामिलाका लागि उच्च स्तरमा एउटा महत्वपूर्ण रिपोर्ट पनि तयार गरिएको बताइन्छ । त्यसले के जोड दिएको उल्लेख गरिन्छ भने यो जैबिक हतियारको बिकल्पलाई युद्धमा सफलतापूर्ब उपयोग गर्न सकिन्छ । अनि सोभियत सैन्य जीवाणु  बिज्ञानको संगठनका लागि एउटा योजनाको प्रस्ताबा पनि त्यसले प्रस्तुत गरेको थियो । पछि १९६७ मा पनि एउटा बिशेष सोभियत चिकित्सा दलद्वारा भारत ल्याइएको थियो, जसलाई भाइरस मेटाउनमा मद्दत गर्न भारतमा पठाइएको पनि उल्लेख छ । रुसद्वारा रोगजनक जैब हतियारको निर्माण र भण्डार बढी मात्रामा १९७०÷८० को दशकमा गरिएको कुरा पनि औंल्याइएको छ । सोभियत कृषि मन्त्रालयले १९८० को दशकमा सफलतापूर्क गाईबस्तुको खोरेत रोगका बिरुद्ध रिण्डरपेष्ट, बंगुरका निमित्त र कुखुरका लागि साइटाकोशिशका रुपमा जिवाणु बिकसित गरेको पनि उल्लेख गरिएको छ । ती जैबिक एजेण्टहरुलाई सयौ माइल टाढासम्म हवाई जहाजसँग जोडिएका ट्रयांकहरुबाट शत्रु पक्षको बालीनालीमाथि छर्किन तयार पारेको बताइन्छ । त्यसरी नै १९९०को दशकमा बिफरकै त्यस्तो जैबिक उपकरण इराकका सद्दाम हुसेनको सरकारलाई पनि उपलब्ध गराएको र त्यसलाई उनले आफ्ना दुश्मन बिरुद्ध उपयोग गर्नसक्ने कुारा पनि प्रकाशमा ल्याइएको थियो ।
 अहिलेका रुसका राष्ट्रपति भ्लादिमिर पुटीन अरु देशका राष्ट्राध्यक्षभन्दा निकै भिन्न किन मानिन्छन् भने उनी हिजो रुसी गुप्तचर संस्था केजीबीका उच्च अधिकारी रहेका हुन् । के पनि मानिन्छ भने गुप्तचरीमा राष्ट्रिय हितका लागि जुनसुकै हदसम्मको गतिबिधिमा उत्रिनुलाई पनि अस्वभाविक ठानिदैन । पुटीनलाई आफ्नो कार्यकालको क्रममा उनका प्रतिद्वन्द्वीहरुमाथि जैबिक तथा रासायनिक हतियारको उपयोग गरेको आरोप पनि लाग्ने गर्दै आएको जानकारहरु उल्लेख गर्दछन् । भनिन्छ २०१८ मा सीरियाको राजधानी दमिश्क निकट डुमा शहरमा कथित रासायनिक हतियारको हमलामा परेर ४० जनाभन्दा बढीको ज्यान गएको थियो । जसमा केही बाल बच्चाहरु शास फेर्न कठिन भएर अप्ठ्यारोमा परेको कुरा पनि प्रकाशमा आएको थियो । त्यस घटनाले सबैलाई ठूलो सन्देह र पीडामा धकेल्दिएको थियो । त्यस घटनाका लागि सीरियाका राष्ट्रपति बशर अल असद सरकालाई जिम्मेवार ठहराउँदै अमेरिका, बेलायत र फ्रान्स मिलेर सीरियाका कतिपय ठाउँमा मिसाइल हमला पनि गरेका थिए ।, यद्यपि सीरियको सहयोगी रुसले भने ती हमलको बिरोध गरेको थियो ।
 भनिन्छ रुसमै पनि पुटीनको नीतिका आलोचक नाभेल्नीलाई नोभिचोक नर्भ एजेण्टले तारो बनाइएको थियो । यद्यपि उनी बचेको बताइन्छ । रुसको सेक्रेट सर्भिसका एजेण्ट अलेक्जेण्डर र पुटीनका नीतिका आलोचक नोभेल्नलाई नोभिचोक नर्ब एजेण्ट लित्विनेमाथि २००६ मा रेडियो एक्टिभ पोलोनियमले हमला गरिएको औंल्याइएको छ । त्यसरी नै २०१८ मा सर्गेई स्क्रीपालाई बिषालु नर्भ एजेण्ट नोभिचोकले तारो बनाइएको पनि भनिएको थियो । 
 हुन त आज बिश्वका १९० देशहरुले बिश्वब्यापी रासायनिक हतियार कन्भेन्सनमा हस्ताक्षर पनि गरिसकेका छन् । ती मध्येमा रुस पनि संलग्न छ । यति हुँदाहुँदै पनि नाभेल्नीलाई जुन बिषबाट मार्ने कोशिश गरेको पुष्टी जर्मन सरकार गरको कुरा प्रकाशमा आयो त्यो बीष रुसमा १९७० नाभेलानीको जुन बिषबाट मार्ने कोशिश गरेको पुष्टी जर्मन सरकार गरको कुरा प्रकाशमा आयो । त्यो बीष रुसमा १९७०÷८० को दशकमा बिकसित गरिएको दाबी गरिन्छ । त्यो नोभिचोक नर्भ एजेण्ट एउटा रासायकि पदार्थ हाृ जसलाई रुसको गुप्तचर एजन्सीले आफ्ना दुश्मनका बिरुद्ध अचूक हतियारकोरुपमा उपयोग गर्ने गरेको र यसबाट बच्न सकिन्न भनेर पश्चिमा गुप्तचर एजेन्सीहरुले आरोप लगाउने गरेको कुरा पनि छ ।
 यसका अतिरिक्त रासायनिक ग्याँसहरुको प्रभाव पनि अत्यन्तै घातक हुन्छ र सामुहीक बिनाशको कारण बन्न सक्छ भनिन्छ । यसले मानिसको स्नायुतन्त्रलाई नराम्रोसँग प्रभावित तुल्याउँदछ र यसको पहिचान गर्न पनि सहज छैन भनिन्छ । फलतः यसबाट कसैलाई बचाउन सकिदैन र १५ मिनेट भित्रै मानिसको मृत्यु हुनपुग्दछ भन्ने तथ्यांक रहेको औंल्याइन्छ । यसै श्रृंखलामा मस्टर्ड ग्यास, मस्टर्ड नाइट्रोजन र लिभिसाइट जस्ता रासायनिक तत्वहरु आउँने बिज्ञहरु बताउँदछन् । त्यस्तै फासजेन पनि अत्यन्तै खतरनाक हुन्छ भनिन्छ । यसको सम्पर्कमा आउँदासाथ मानिसको श्वास फुल्न थाल्छ, कफ बन्न लाग्दछ अनि नाकबाट पानी बग्न थाल्दछ भन्ने बिज्ञहरुको कथन छ । यस्तो स्थितिमा यूक्रेनमा रासायनिक या जैबिक अस्त्र होस या नहोस तर रुसमा भने यो ठूलो मात्रमा छ भन्ने अनुमान गरिन्छ । कुनै पनि स्तरमा रुसले यसको प्रयोग गर्नसक्छ भन्ने सन्त्रास अहिले पनि छ । निश्चय नै जैबिक र रासायनिक बस्तुलाई युद्ध हतियारकारुपमा उपयोग गरिएमा यसले ठूलो मानबीय बिपत्ती र भयावह संकट उत्पन्न गर्ने कुरा भने निश्चित छ ।