जनबादी गणतन्त्र चीनको तेह्रौँ राष्ट्रिय जन काँग्रेसको पाँचौँ अधिवेशन ११ तारिख बिहान सम्पन्न भएको छ।
अधिवेशनले सरकारको कार्य प्रतिवेदन, राष्ट्रिय जन काँग्रेस स्थायी समितिको कार्य प्रतिवेदन, सर्वोच्च जन अदालतको कार्य प्रतिवेदन, सर्वोच्च जन प्रोक्युरेटोरेटको कार्य प्रतिवेदनलाई पारित गरेको छ।

साथै अधिवेशनले जन गणतन्त्र चीनका विभिन्न तहका जन काँग्रेस अधिवेशन र विभिन्न तहका सरकारसम्बन्धी संगठनको कानून संशोधन गर्ने निर्णय पनि पारित गरेको छ।
अधिवेशनले चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधिको संख्या र निर्वाचन विषयको निर्णय पारित गरेको छ साथै हङकङ विशेष प्रशासन क्षेत्रको चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधि निर्वाचनको नियम र मकाउ विशेष प्रशासन क्षेत्रको चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधि निर्वाचनको नियमलाई पनि पारित गरेको छ।

चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधि संख्या र निर्वाचन विषयको निर्णयका अनुसार, चौधौँ राष्ट्रिय जन काँग्रेस प्रतिनिधि सन् २०२३ को जनावरीमा निर्वाचित हुने छन्।
विश्वभर पर्यवेक्षकहरूले निकै अभिरूचिका नियाल्ने गर्दै आएको छिमेकी देश चीनको दुई सदनका दुई वार्षिक अधिवेशनमध्ये राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशन बैठक शनिबारबाट राजधानी पेइचिङको ग्रेट हल अफ द पिपुलमा सुरू भएको तेर्हौँ राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) को पाँचौँ अधिवेशनको आरम्भमा चीनका नेताहरू शी चिनफिङ, लि खस्याङ, वाङ याङ, चाओ लेची, हान चेङ र वाङ छिशानलगायत सहभागी थिए ।

अधिवेशनको अध्यक्षमण्डलका कार्यकारी अध्यक्ष ली चाङशुले बैठकको अध्यक्षता गरेका थिए ।
अधिवेशन बैठकमा प्रधानमन्त्री ली खस्याङले चीन सरकारको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सन् २०२१ को सिंहावलोकन र सन् २०२२ मा सामाजिक र आर्थिक विकासको समग्र आवश्यकता र नीतिगत पक्षबारे प्रकाश पारेका थिए ।
उनले सन् २०२१ लाई कोशेढुङ्गाको संज्ञा दिँदै चीनले देशभित्र र बाहिर जटिलभन्दा जटिल समस्या र चुनौतीबीच बितेको वर्ष एकपछि अर्को नयाँ र प्रमुख उपलब्धिहरू हासिल गर्न सफल भएको बताए ।
“हामीले हाम्रो उपलब्धिको चर्चा गर्दै गर्दा हामीले हाम्रासामु तेर्सिएका समस्या र चुनौती कदापि भुलेका छैनौँ”, प्रधानमन्त्री लीले भने । उननले बाटोमा तेर्सिएका समस्या र चुनौतीको सामना गर्नुपर्नेमा जोड दिंदै जनताको अपेक्षा पूरा गर्न सक्दो सबै काम गर्नुपर्ने प्रष्ट पारे ।
प्रधानमन्त्रीले सन् २०२२ मा चीनको कुल गार्हस्थ उत्पादनको वृद्धि झन्डै ५.५ प्रतिशत पुर्याउने, १ करोड १० लाख थप सहरी रोजगारी सिर्जना गर्ने र उपभोक्ता मूल्य सूचाङ्क झन्डै ३ प्रतिशतले बढाउने लक्ष्यबारे जानकारी दिए ।
उनले सन् २०२२ का प्रमुख जिम्मेवारीमध्ये बृहत् अर्थतन्त्रमा स्थायी प्रस्तुति, रोजगारी सुरक्षा कायम गर्ने, सुधारलाई थप गहन बनाउने र खुलापनलाई अझ उच्च तहमा विस्तार गर्ने भएको उल्लेख गरे ।
राष्ट्रिय जनकङ्ग्रेस (एनपीसी) को स्थायी समितिका उपाध्यक्ष वाङ चेनले स्थानीय जनकङ्ग्रेस र स्थानीय जनसरकारका मौलिक कानुनमा प्रस्तावित संशोधन प्रस्तुत गरेका थिए ।
चीनको संविधानअनुसार विद्यमान तेह«ौँ एनपीसीका सांसदहरूको कार्यकाल सकिनुअघि सन् २०२३ को जनवरीमा चौधौं एनपीसी सदस्यको लागि चुनाव हुनुपर्नेछ । अहिलेका सांसदहरूको कार्यकाल सन् २०२३ को मार्चमा सकिँदै छ ।
अधिवेशनमा उपाध्यक्ष वाङले चौधौँ एनपीसी सदस्यको लागि हङकङ र मकाउबाट छनोट प्रक्रियाबारे पनि जानकारी दिएको थियो ।